नयाँ पार्टी गठनका लागि कार्यकर्ता भेलाको तयारी
५ फागुन, काठमाडौं । पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, बीरबहादुर लामासहितको समूहले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् ।
नयाँ पार्टी गठनको तयारीमा रहेका उनीहरुले यसै महिनाको अन्तिममा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी गरेका छन् । ‘यसै महिनाको २१ वा २९ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी भैरहेको छ,’ नवविचार समूहका एक नेताले भने, ‘भेलाको निर्णयअनुसार अगााडि बढ्छौं ।’
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘संघीय नवविचार समूह’ बनाएपछि फोरमले अन्सारीलाई निस्कासन गरेको छ । तर, अन्सारीले नवविचार समूहका अधिकांश सदस्यलाई भेला पारेर नयाँ पार्टी बनाउने तयारी गरेका छन् । पूर्व र वर्तमान केन्द्रीय सदस्यहरुलाई समेटेर नयाँ पार्टी बनाउने अन्सारीको तयारी छ ।
संघीय समाजवादी फोरम नेपालको नेतृत्वले पार्टीको मूल मर्मलाई नै मारेर नियन्त्रित समावेशी सिद्धान्त लागु गरेकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको अन्सारीले बताएका छन् ।
अन्सारीले बीरबहादुर लामासहितको उपस्थितिमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्दैछन् । नवविचार समूहमा रहेका विश्वदीप लिङ्देन र जोगेन्द्र रायले भने पार्टी भित्रै बसेर संघर्ष गर्नुपर्ने भन्दै तत्काल अन्सारीलाई साथ नदिएको स्रोत बताउँछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment