
टेलिभिजनका पर्दामा दर्शकलाई हंसाउंदै आईरहेका उनलाई आंखाभरी आंशु लिएर उभिएको देखिएपछि उनलाई माया गर्ने दर्शक उनलाई के भो भनेर सोध्न जानु पनि स्वाभाविकै हो ।
‘ओ माई लभ’ रौईरहेको देखेपछि पाँचखालबासी झुम्एिर सोध्दै थिए के भो बा तपाईलाई ? विष्णुभक्त फुयाल भन्दै थिए यतै दुख्यो उतै दुख्यो धामीले पनि ठिक पारिदिएन ।
तर उनी वास्तविकमा रुपमा भन्दा पनि तरकारी बारीमा विषादी प्रयोग गर्ने किसानका रुपमा उभिएको त्यसबेला मात्र दर्शकले पत्ता पाए जव लोक वा एवं फिल्मी किरोका रुपमा चिनिएका कलारका सन्तोष खनालले पनि देखिए ।
कलाकार विष्णुभक्त फुयाल कृषि विकास मन्त्रालय, बाली संरक्षण निर्देशनालयको आयोजनामा विषादि विष हो औषधी होइन शीर्षकका नाकट प्रर्दशन गर्न काभ्रेको पाँचखालमा शनिबार विहानै पुगेका थिए ।
तरकारी बालीमा विषादी बढी प्रयोग गर्ने जिल्लाका रुपमा विगतमा परिचित भएको पाँचखालका जनतालाई विषादि प्रयोगले मानव स्वास्थ्यमा पुर्याउने हानी नोक्सानीका बारेमा सडक नाटकका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने कार्यमा पुगेका थिए ।

हव ब्रोडकास्टिङ्गको संयोजनमा कुसुम नाट्य समूहको प्रस्तुति रहेकेा सो नाटकमा फिल्म किरो अर्थात सन्तोष खनाल, शुशिला अर्याल, राजु घिमिरे, जंग पहाडी, सरीता राजोपाध्याय, रमेश धमला लगायतका कलाकारहरुले अभियन गरेका थिए । कलाकार टोलीले काभ्रेको पाँचखाल, बनेपा बजारमा सो सडक नाटक प्रर्दशन गरेका थिए ।
सडक नाटक हेरेपछि जिल्ला कृषि विकास कार्यालय तामाघाट सेवा केन्द्रका प्रमुख रामेश्वर श्रेष्ठले नाटक वास्तविकतासंग मेल खाने भएको र विगतमा पाँचखाल कै घटना जस्तो देखिने गरी प्रस्तुत गरिएकाले दर्शकहरुले अन्य क्षेत्रमा पनि नाटक प्रर्दशनका लागि आग्रह गरेको बताए । सोही नाटक आइतबार धादिङ र सोमबार चितवनमा सम्पन्न भएको निर्देशक विष्णुभक्त फुयालले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment