५ फागुन, काठमाडौं । भोलिदेखि आन्तरिक उडानतर्फको बिमान भाडा घट्ने भएको छ । बायुसेवा सञ्चालक संघले देशका विभिन्न गन्तब्यमा पुग्दा लाग्ने भाडमा ६ सय रुपैयाँदेखि २१ सय रुपैयाँसम्म भाडा घटाएको हो ।
आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी हवाइ इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाएपछि बिमान भाडा पनि समायोजन गरिएको हो ।
संघले धनगढी पुग्दा लाग्ने भाडामा २ हजार १ सय ३५ रुपैयाँ घटाएको जनाएको छ । यसैगरी नेपालगञ्जको भाडामा १ हजार ६ सय १५, भैरहवामा १ हजार १ सय ३५, पोखरामा ९ सय ३० र भरतपुरमा ७ सय २० रुपैयाँ भाडा घटेको छ ।
विराटनगर पुग्दा यसअघि लाग्ने भन्दा १ हजार २ सय ७० रुपैयाँ काम तिर्दा पुग्नेछ । जनरपुरमा ८ सय २५ र सिमरामा ६ सय २० रुपैयाँ घटाइएको छ ।
हवाइ इन्धन १ सय ९ रुपैयाँमा पाइने भएपछि निजी विमान कम्पनीहरुले भोलि बिहीबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका हुन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment