काठमाडौं, १५ चैत । पश्चिमा राष्ट्र र विशेष गरेर क्रिश्चियन धर्म चाहनेहरूको दबाबमा परेर नेपाललाई धर्मनिरपेक्ष बनाइएको विषयमा दिन प्रतिदिन असन्तुष्टि आउने क्रम जारी छ ।
असन्तुष्टि तीब्र भइरहेका बेला विभिन्न दलका ठूला नेताहरूले पनि ‘जनताले चाहे मुलुक हिन्दु राष्ट्र र राजसंस्था आउन सक्छ’ भनेर अभिव्यक्ति दिन थालेका छन् । यसले गर्दा फेरि एक पटक हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा माहोल बन्दै आएको हिन्दु धर्मलम्बी र राजसंस्थाका पक्षधरहरूले बताउने गरेका छन् ।
हिन्दु धर्मका पक्षमा अभियान चलाइ रहेका हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकासकुमार ठाकुरले ठूला दलका शीर्ष नेताहरूबाट आएका अभिव्यक्तिले पनि हिन्दु धर्म र राजसंस्थाका पक्षमा फाइदा पुगेको दाबी गर्छन् । ‘नेताहरूको अभिव्यक्ति यत्तिकै आएको होइन’, उनले भने, ‘अब हेर्दै जानुस् केही समयभित्र के के हुन्छ आफै थाहा पाइहाल्नु हुन्छ ।’
विकासकुमार ठाकुरले ठूला दलका शीर्ष नेताहरूबाट आएका अभिव्यक्तिले पनि हिन्दु धर्म र राजसंस्थाका पक्षमा फाइदा पुगेको दाबी गर्छन् । ‘नेताहरूको अभिव्यक्ति यत्तिकै आएको होइन’, उनले भने, ‘अब हेर्दै जानुस् केही समयभित्र के के हुन्छ आफै थाहा पाइहाल्नु हुन्छ ।’
मुलुकलाई हिन्दु राष्ट्र बनाउन कै लागि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो बैँकक भ्रमणका बेला भारतीय र चिनियाँ पक्षसँग परामर्श गरेको स्रोतको भनाइ छ । त्यस बेला हिन्दु राष्ट्र बनाइ बेबीकिङको तयारी भएको स्रोतको दाबी छ ।
२०६२/६३ मा गणतन्त्रको लागि जनआन्दोलनको नेतृत्व गरेका शीर्ष नेताहरूले नै अहिले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा बोल्नुले हालको शासन व्यबस्था परिवर्तन हुने त होइन भन्ने आशंका उब्जाइ दिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका साथै भारत र चीनका प्रतिनिधिबीच गोप्य भेटवार्ता र तयारीले पनि मुलुकलाई हिन्दु राष्ट्रतर्फ अग्रसर बनाएको एक नेताले बताए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले थाइल्याण्डमा गरेको गोप्य बैठकमा राजसंसथालाई स्थान दिँदै बेबीकिङ राख्ने सहमति भएको स्रोतहरूको दाबी छ । तर यसलाई पुष्टि हुने गरेर केही कुरा बाहिर आएका छैनन् ।
जनआन्दोलनको सफलता पश्चात गणतन्त्रको नाममा देशमा रहेका ९४ प्रतिशत सनातन धर्मालम्वीको भावनासँग खेलवाड गरेको हिन्दु धर्मालम्बीहरूले बताउँदै आएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment