१० चैत, काठमाडौं । वित्तीय कारोबारलाई छिटो, पारदर्शी र प्रभावकारी बनाई जोखिम न्यूनिकरण गर्ने उद्देश्यले आगामी बैशाखदेखि विद्युतीय प्रणाली लागु हुने भएको छ ।
बैशाखदेखि सबै बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय भुक्तानी प्रणाली लागू गर्न आवश्यक तयारी पुरा गरिएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले जनाएको छ । यो प्रणाली लागु भएपछि बैंक तथा वित्तीय संस्थामार्फत ग्राहकलाई अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवा प्रदान गर्न सकिने छ ।
अन्तर बैैक विद्युतिय भुक्तानी प्रणाली मार्फत ग्राहकले एउटा बैैकबाट जुनसुकै बैैक तथा वित्तीय संस्थाको खातामा पैसा राख्न र रकम झिक्नुका साथै अन्य विविध सुविधा लिन सक्छन् ।
तर, ती बैैक तथा वित्तीय संस्था एनसिएचएलको विद्युतिय क्लियरिङ प्रणालीमा आवद्ध भएको हुनुपर्नेछ । त्यसैगरी, ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, प्राथमिक निष्कासनको रकम फिर्ता, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्सलगायतका विविध भुक्तानी दिन र लिन सकिनेछ ।
यो प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुनुका साथै ठूलो संख्याको कारोबार पनि सहजै गर्न सकिन्छ । यसैगरी, अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित यो भुक्तानी मार्फत कारोबार गर्दा जोखिम न्यूनिकरणका साथै ग्राहकलाई छिटो छरितो सेवा दिन सकिने -एनसिएचएका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले जानकारी दिए ।
बैंक वित्तीय संस्थालाई नेपाल क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा हालसम्म चार दर्जन बैैंक तथा वित्तीय संस्था र केही रेमिट्यान्स कम्पनीसँग सम्झौता भइसकेको छ ।
नेपाल राष्ट्र बैैंकले पनि विद्युतिय भुक्तानी प्रणालीलाई जोड दिएको छ । वद्युतिय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नकै लागि राष्ट्र बैैकले ‘पेमेण्ट एण्ड सेट्लमेण्ट’ विभाग नै स्थापना गरी काम शुरु गरेको छ ।
हाल एनसिएचएलले विद्युतिय प्रणालीमार्फत १ सय २५ वटा सदस्य बैैकको चेक क्लियरिङ गदैं आएको छ । उक्त प्रणालीमार्फत सदस्य बैक तथा वित्तीय संस्थाका २ हजार ६ सय ३२ वटा शाखाबाट खिचिएका चेक राफसाफ गराउदै आएको छ ।
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment