१० चैत, भैरहवा । आज होली अर्थात फागु पुणिर्मा तराई मधेसका विभिन्न जिल्लाहरुका साथै रुपन्देहीमा पनि हर्षोल्लासका साथ मनाइदैछ ।
तराईका जिल्लाहरुको विभिन्नको चोकमा साङ्गतिक कार्यक्रम गर्दै तथा एकआपसमा मित्रता, आत्मीयता, सामीर्य र सद्घाव दर्शाउन साथीभाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाइदै छ ।
होली पर्वको अवसरमा भैरहवामा क्रियाशिल पत्रकारहरु संगठन लुम्बिनी प्रेस क्लबले पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजिक सदभाव र एकताका लागि क्लबले भैरहवामा आयोजना गरेको कार्यक्रममा राजनितिक दल, समाजिक संघ संस्था, प्रहरी, उद्योगी लगायतको उपस्थिति थियो ।
होली पर्वको सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले जिल्ला भरी सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला भरी मोबाइल गस्ती लगायत प्रहरी टिमहरु विभाजन गरी जिल्ला भरी खटाइएको र ठाउँठाउँ प्रहरी चेकिङ प्वाइन्ट समेत राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा होली पर्व शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि रुपन्देही प्रहरीले मदिरा विक्रि वितरण र सेवनमा पनि रोक लगाएको छ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराई मधेसमा होली पर्व मनाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्य ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी बिहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रहृलादसहित पस्न लगाउदाँ होलिका भष्म भएको तर भक्त प्रहृलाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली अर्थात फागु पुणिर्मा मनाउने गरिन्छ ।
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment