९ फागुन, साउदी अरब । पारिश्रमिक नपाएर साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ ।
साद सह्मी अल हाज्री कम्पनीमा कार्यरत नेपालीलाई साउदीमा क्रियाशील नेपाली संस्था लुम्बिनी प्रवासी सम्पर्क मञ्चले शुक्रबार दमामस्थित सो कम्पनीको आवास क्षेत्रमा पुगेर राहत सामग्री प्रदान गरेको हो ।
मञ्चले पीडित नेपालीका लागि एक क्विन्टल ६० केजी चामल, ६० केजी दाल, ७५ केजी पिठो, २० केजी आलु, १५ केजी प्याज, १८ लिटर तेल, तरकारीलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
राहत सामग्री मञ्चका अध्यक्ष मनोज विष्ट तथा महासचिव प्रेम भण्डारीले संयुक्तरुपमा हस्तान्तरण गरे। पारिश्रमिक नपाएकै कारण पीडित नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको मञ्चका कोषाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए ।
काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बस्नुपरेको समाचार प्रकाशन भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गर्न थालेको हो।
चार महिनादेखिको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment