चिरञ्जीवी पौडेल
८ फागुन, नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार साँझ ‘अहिलेसम्मकै भव्य भोज’ आयोजना गरेको छ । भारतभ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीसमेत पाँच सय अतिथिका बीच भएको भोजले दूतावास अबेरसम्म गुलजार बन्यो ।
इन्दिरा गान्धि विमानस्थलमा सुस्मा स्वराजको न्यानो स्वागत खाएका प्रधानमन्त्री ओलीले भोजमा खानेकुरा भने धेरै खाएनन् । भोजमा खानेकुराका आइटमहरु अनगिन्ति थिए । मासु र मदिरा छेलोखोलो भएको भोज राति अबेरसम्म चलेको थियो ।
एयपोर्टबाट सोझै राष्ट्रपति निवास लगिएका प्रधानमन्त्री ओली त्यहाँबाट बेलुकी आठ बजे बारखम्बास्थित नेपाली दूतावास आएका थिए । उनलाई भारतका लागि नेपाल राजदूत दिपकुमार उपाध्यायले स्वागत गरे । प्
रधानमन्त्रीसहित नेपालबाट आएको सारा टोली राष्ट्रिय पोशाकमा थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले नै सबैलाई अनिवार्यरुपमा लगाउन निर्देशन दिएका थिए । एमाओवादीबाट गृहमन्त्री बनेका शक्ति बस्नेत पहिलोपटक दौरासुरुवालमा ठाँटिएका थिए ।
प्रधानमन्त्री ओली उनकी पत्नी राधिका शाक्य, उपप्ररधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेतलाई स्टेजमा राखिएको थियो । कार्यक्रममा राजदूत उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदूतहरुको सहभागिता थियो । यसैगरी दिल्लीबाट नेपाल हेर्दै आएका अन्य देशका राजदूतहरु पनि कार्यक्रममा सहभागी भए ।
एयरपोर्टमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने विद्यार्थिहरुको समुहले दूतावासबाहिर पनि कालोझण्डा देखाउने प्रयास गरेको थियो । एयरपोर्टमा कुनै हस्तक्षेप नगरेको भारतीय प्रहरीले दूतावास बाहिरबाट भने केहि युवाहरुलाई पक्राउ गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment