चलचित्र ‘बाबुसाहेब’ पछि नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र ‘फागू’ शुक्रबारबाट हलमा लाग्यो । करिब १२ बर्षपछि नायिका मानन्धरले आफ्नै लगानीमा यो चलचित्र बनाएकी हुन् ।
शिल्पा पोख्रेललाई लिडिङ लेडी बनाउँदै करिश्माले चलचित्रमा नयाँ कलाकार सुवास पराजुलीलाई पनि लिइन् ।
उनै करिश्माले बनाएको यो चलचित्रको व्यापारका बारेमा विभिन्न खालका चर्चा भैरहेको छ । शुक्रबार चलचित्रको व्यापार उत्साहजनक थिएन । शनिबार बिदाको दिन पनि भएकाले हुनसक्छ, ‘फागू’को व्यापार बढ्यो । नायिका मानन्धर चलचित्रको व्यापार बढेको बताउँछिन् ।
काठमाण्डौका हलमा शनिबार दर्शकको उल्लेख्य साथ चलचित्रले पाएको वितरक गोपाल कायस्थले दाबी गरे । काठमाण्डौ बाहिर ‘प्रेमगीत र क्लासिक’ले हल नछाडेकाले पनि कम स्थानमा मात्र चलचित्र लाग्यो ।
चलचित्र अर्को साताबाट काठमाण्डौ बाहिरका केही हलमा लाग्नेछ । यसैले पनि यसको व्यापारको बारेमा स्पष्ट खाँका सार्वजनिक गर्न अझै केही समय लाग्नेछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment