९ फागुन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटको विवाद तत्काल अन्त्य गरेर नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । क्रिकेट संघको विवाद लम्बिरहेका बेला आईसीसीले सम्वद्ध पक्षहरुलाई पत्र पठाएर कडा कदम चाल्ने संकेत दिएको हो ।
आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गरेर पत्र पठाएका छन् ।
पत्रमा एन्डरसनले नेपालको क्रिकेट संघ दयनीय अवस्थामा रहेको भन्दै नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
मंसिरको अन्तिममा राखेपको अनुमति बिना क्यानको एक समूहले चुनाव गरेर चतुरबहादुर चन्दको नेतृत्वमा बोर्ड बनाएको छ । तर, राखेपले त्यसलाई मान्यता नदिएर रमेश सिलवानको नेतृत्वमा तदर्थ समिति बनाएपछि विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतले अन्तिम निर्णय दिन बाँकी छ, जसका कारण क्यान अहिले बोर्डविहीन र सीईओको भरमा चलेको छ ।
स्रोतका अनुसार अदालत प्रक्रिया लम्बिएपछि चन्द समितिका महासचिव अशोकनाथ प्याकुरेलले एन्सडरसनलाई इमेल गरेका थिए । यसअघिका इमेलहरुमा नोट गरेका छौं भन्ने एन्डरसेनले यो पटक भने तीनै पक्षलाई सम्बोधन गरिएको पत्र पठाए र
निलम्बन हुन सक्ने संकेत गरे ।
एन्डरसनले आगामी अपि्रलमा आईसीसीको बोर्ढ बैठक बस्ने र त्यसबेलासम्म स्थिति यस्तै रहे निलम्बनसम्मको कारबाही गर्न सक्ने बताएका छन् । आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुखको पत्र आएको स्वीकार गर्दै एक अधिकारीले भने-‘अमेरिकामा दुई वटा समिति बनेपछि निलम्बन गरेको थियो । अब हाम्रोमा पनि त्यस्तो हुनसक्छ भनेर आईसीसीले प्रष्ट संकेत गरेको छ ।’
विश्व क्रिकेट लिग च्याम्पियनससिप अन्तरगत नेपाल र नामिबियाबीच वैशाखमा काठमाडौंमा हुने तय भएको छ । र, आईसीसीले ससर्त नेपालमा खेल गराउन लागेको हो । मैदानको अवस्था, सुरक्षा लगायतका विषयमा उसले चासो राखेको छ ।
नेपालको तयारी सन्तोषजनक नहुनका साथै प्रशिक्षकविहीन रहेको छ भने विवादका कारण क्यान कर्मचारीको भरमा चलेपछि आईसीसीले चेतावनी दिएको छ । यद्यपि अहिले नै आईसीसी नेपाललाई निलम्बनको निष्कर्षमा पुगिसकेको भन्न नसकिने उनको तर्क छ । उनले भने, यदि नेपाली क्रिकेटलाई अघि बढाउने हो भने हामी सबै पक्ष एक ठाउँमा उभिनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ ।’
तर, सर्वोच्च अदालतले फैसला पनि नगर्ने र सहमति पनि नहुने हो भने नेपालले अमेरिकाले जस्तै प्रतिवन्ध भोग्नु पर्नेछ ।
नेपाल क्रिकेट संघको विवाद र कमजोरीकै कारण आईसीसीले दिने ९ लाख डलर समेत राखेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment