Saturday, February 20, 2016

वर्ल्ड प्रेसले नछोएका नेपाली फोटोग्राफर

श्रीधर पौडेल

काठमाडौं । वर्ल्ड प्रेस फोटोले विश्वभरिबाट उत्कृष्ट फोटोलाई छानेको छ । वर्ल्ड प्रेस फोटो सन् १९५५ मा नेदरल्यान्डमा स्थापित गैरनाफामूलक संस्था हो ।

यसले हरेक वर्ष विश्वभरिका फोटोग्राफरले खिचेका फोटोलाई पुरस्कृत गर्ने गर्छ । विश्वमै वर्ल्ड प्रेस फोटो पुरस्कारलाई महत्त्वपूर्ण रुपमा लिइन्छ ।

यसमा छानिनका लागि आफ्नै प्रक्रिया छ । उसले आवेदन खोलेका बेला विश्वभरका फोटोग्राफरले फोटो पठाउन सक्छन् । यसरी पठाइएका फोटोबाटै विभिन्न क्याटगोरीमा फोटो छानिन्छन् ।

gumda

यसपालि वर्ल्ड प्रेस फोटोले आठ क्याटगोरीमा २१ देशका ४१ फोटोग्राफरलाई छानेको छ । जसमा नेपालका दृश्य रहेका फोटो पनि परेका छन् । तर, नेपाली फोटोग्राफरले खिचेका तस्बिर भने छैनन् ।

viral photos amul thapa (1)

अमूल थापाको तस्बिर

यसपालि नेपालमा भूकम्पले क्षति गर्यो, धेरै नेपाली फोटोग्राफरले भूकम्पसाग सम्बन्धित तस्बिर खिचे । थुप्रै तस्बिर विश्वस्तरमा चर्चित पनि भए । तर, वल्र्ड प्रेस फोटोको आाखामा भने पर्न सकेनन् ।

यसअघि पनि वल्ड प्रेसमा नेपालका दृश्य छानिएका थिए । मह सिकार, ०६२/६३ को जनआन्दोलन, तिलगंगा हस्पिटलमा गरिएको आखादानलगायत दृश्य वल्र्ड प्रेसले छानेको थियो । जुन नेपाली फोटोग्राफरले नभएर विदेशीले खिचेका थिए ।

नेपालकै दृश्य छानिादा किने नेपाली फोटोग्राफरका फोटो छानिएनन् त ?  यसबारे अनलाइनखबरले केही फोटो पत्रकारको मत लिएको छ ।

चन्द्रशेखर कार्की, वरिष्ठ फोटो पत्रकार 

यो अवार्डमााथि मलाई खासै विश्वास छैन । यहाा जो-जो जर्ज हुन्छन्, त्यही क्षेत्रका फोटोग्राफरका फोटो छानिए जस्तो मलाई लाग्छ । यसले आफ्नो मार्केट हेरेर विजेता बनाउाछ । यसले छानिएका फोटो प्रदर्शनी गर्ने पनि गर्छ । यसरी प्रदर्शनी गर्दा कता बढी व्यापार हुन्छ, त्यही क्षेत्र रोज्छ । यदि नेपालमा प्रदर्शनी हुादा व्यापार हुन्थ्यो भने यहााका फोटोपत्रकारले पनि अवार्ड पाउाथे ।

त्यस्तै, फोटो छान्ने जर्जमा भर पर्छ । नेपाली फोटो एकसे एक थिए । केही कमी-कमजोरी पनि थिए होला । तर, जर्जले र आमदर्शकले हेर्ने नजर फरक हुन्छ । हामी पोस्ट प्रोडक्समा केही चुकेका हुन सक्छौ ।

नरेन्द्र श्रेष्ठ, फोटो पत्रकार, युरोपियन प्रेस एजेन्सी

यसपालि मैले पनि आफूले खिचेका फोटो वल्र्ड प्रेस फोटोलाई पठाएको थिएँ । नेपाली फोटोग्राफरका फोटो पर्नुपथ्र्यो भन्ने धेरैलाई लागेको थियो । किनभने, यसपालि भूकम्पका बेला नेपाली फोटो पत्रकारले विश्वस्तरमै चर्चा पाउने फोटो खिचेका थिए ।

कतिपय फोटोग्राफरले भूकम्प आउादाआउादैको खास घटना झल्काउने खालका फोटोसमेत खिचेका छन् । नेपाली फोटोग्राफरका फोटोले नेपालमा भुइाचालो गएको विश्वस्तरमा सूचना प्रवाह गरेको थियो ।

Powerful earthquake hits Nepalभूकम्पको समाचार सम्प्रेषण गर्ने बेला विश्वका थुप्रै मिडियाले नेपाली फोटोग्राफरका फोटोलाई नै प्रयोग गरेका थिए । तत्कालीन अवस्थामा हाम्रा फोटोले नै विश्वका मिडिया धानेका थिए । धेरै फोटो भाइरल भएका पनि थिए । हाम्रो फोटोमा पनि क्वालिटी थियो । यति हुादा पनि हाम्रा फोटो वल्र्ड प्रेस फोटोमा किन छानिएनन्, हामीले डिस्कसन गर्नुपर्छ ।

वल्र्ड प्रेसले विश्वस्तरमा चर्चित मिडियामा काम गर्ने फोटोग्राफरलाई मात्रै हेरेको देखिन्छ । विश्वस्तरमा पहुाच नभएका मिडियामा काम गर्ने पत्रकारले खिचेका फोटो पनि राम्रा हुन सक्छन् । अब हामीले हाम्रा फोटो पनि राम्रा छन् भन्ने खालको दाबी कुनै न कुनै किसिमले गर्नुपर्छ, बहस गर्नुपर्छ । यसो गरेनौा भने राम्रो गर्दागर्दै पनि हामी अझै दश वर्षसम्म विश्वस्तरमा नआउन सक्छौँ।

निरञ्जन श्रेष्ठ, फोटो ग्राफर, एपी

यसपालि वर्ल्ड प्रेसमा मैले पनि केही फोटो पठाएको थिएँ । यसपालि छानिएका फोटोमा नेपालका दृश्य पनि छन् । जुन फोटो छानिएको छ, त्योभन्दा धेरै राम्रा फोटो नेपाली फोटोग्राफरले खिचेका थिए ।

हामीले खिचेका फोटो पनि कम छैनन् । तर, छानिएनन् । यसो किन भयो ? नेपाली फोटोग्राफर एक्स्पर्ट नभएर हो कि, अथवा राम्रो फोटोका लागि चाहिने आवश्यक प्राविधिक ज्ञान नभएर हो, अब हामीले यसबारे पनि बुझ्नुपर्छ ।

niranjan shresthaअब हामीले अन्तर्राष्ट्रिय स्तरका हरेक कन्टेस्टमा निरन्तर भाग लिनपर्छ । त्यही स्तरका वर्कसपहरुमा पनि भाग लिनुपर्छ । इन्टरनेसनल ट्रेन्ड के छ, बुझ्नुपर्छ । यसअघि पनि नेपालका दृश्य छानिएका थिए । नेपाली फोटो पत्रकारका आाखामै नपरेका दृश्य छानिएका होइनन् । यसैले अब हामीले हाम्रा फोटो किन परेनन्, अन्तर्राष्ट्रिय स्तरमै बहस गर्नुपर्छ ।

विकास कार्की, फोटो पत्रकार, महासचिव पीजे क्लब

नेपाली फोटो पत्रकारले  ब्याक ग्राउन्डमा ध्यान दिन सकेका छैनौँ । ‘भिजुअल लिटरेचर’ अनुसार पनि फोटो प्रिजेन्ट गर्न सकेका छैनौँ । फोटो कसरी प्रिजेन्ट गर्ने भन्नेमा पनि कमजोरी छ ।

व्यक्तिगत रुपमा भन्ने हो भने नेपालले अवार्ड पाउाछ भन्नेमा म आशावादी थिइनँ । प्रकाश माथेमा र नरेन्द्र श्रेष्ठको फोटो राम्रो थियो । उहाँहरुले कुन कन्टेन्टमा फोटो पठाउनुभयो, थाहा भएन । अमूल थापाको फोटोमा भने टेक्निकल रुपमा धेरै कमजोरी छ ।

वल्ड प्रेसले आवेदन खोल्दा नै जर्जहरुबारे बताएको हुन्छ । हामीले जर्जहरुबारे पनि जानकारी लिनुपर्छ । उनीहरुले केमा राम्रो गरेका छन्, चिनिएका छन्, त्यसअनुसारको फोटो पठाउन पनि हामीले ध्यान दिनुपर्छ ।

अब हामीले अवार्ड पाएनौँ भन्दा पनि किन पाउनौँ भनेर बहस गर्नुपर्छ ।

नवेश चित्रकार, फोटो पत्रकार, रोयटर्स

हाम्रा फोटो अन्तर्राष्ट्रिय स्तरमै चर्चित थिए । तर, हामीले नियममा रहेरै फोटो पठाएका थियौँ । तर, हामी छानिन सकेनौँ ।

लागेको थियो, नेपाली फोटोग्राफरमध्ये कसै न कसैको कामलाई यसपालि सम्मान गरिन्छ भन्ने । तर, जर्जको आँखामा हामी पर्न सकेनौँ।

हामीले भूकम्पको त्रासका बीच फोटो खिचेका थियौँ, तर विदेशीले दुई-तीन दिन पछि नेपाल आएर खिचेका फोटो छानिएका छन् । यति दुःखले खिचेका बेला पनि छानिएनौँ भने हामीले हाम्रा कमजोरी खोज्नुपर्छ । कमजोरी नहुादा पनि नछानिएका हौँ भने बहस गर्नुपर्छ ।nabesh chitrakcar


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment