काठमाण्डु, ३२ जेठ–गोरखा केन्द्रबिन्दु भएर मंगलबार बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
from Nepal123.com - धेरैपछि आज बिहान गयो भूकम्प
No comments:
Post a Comment