Monday, July 25, 2016

मन्त्रालय बाँडफाँड गर्न खटिए दुई दलका चार नेता

4-neta-768x465-750

काठमाडौं, ११ साउन । नयाँ सरकारमा मन्त्रालय बाँडफाँडदेखि सरकार सञ्चालनको कार्यविधि बनाउन कांग्रेस–माओवादीले दोस्रो पुस्ताका चार नेतालाई सक्रिय बनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कांग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त यसका लागि खटिएका छन् । यी नेताले मंगलबारबाट पहिले मन्त्रालय बाँडफाँडमा छलफल चलाउनेछन् । त्यसपछि मात्रै आ–आफ्ना पार्टीभित्र नेताहरूको नाममा छलफल गर्ने तयारी भएको छ । कांग्रेस माओवादीबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ ।

कांग्रेस र माओवादीबीच भएको छलफलमा १३ मन्त्रालय कांग्रेस र नौ मन्त्रालय माओवादीले लिने यसअघि नै सहमति भएको थियो । गठबन्धनमा आउने अन्य दलहरूको विषय प्रस्ट भएपछि ती मन्त्रालय संख्यामा पनि केही तलमाथि पर्न सक्ने छलफलमा सहभागी नेताहरूको भनाइ छ ।

The post मन्त्रालय बाँडफाँड गर्न खटिए दुई दलका चार नेता appeared first on www.khabardabali.com.



from Nepal123.com - मन्त्रालय बाँडफाँड गर्न खटिए दुई दलका चार नेता

No comments:

Post a Comment