Monday, July 25, 2016

जापानमा अन्धाधुन्द चक्कु प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु





११ साउन, एजेन्सी।

जापानमा एक व्यक्तिले अन्धाधुन्द चक्कु प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । २६ जना घाईते भएका छन् । घाईते मध्ये २० जनाको अवस्था गम्भीर रहेको छ ।japan ambulance 849539





राजधानी टोक्योदेखि पश्चिममा पर्ने कानागावा प्रान्तको सागामिहारा नगरमा मानसिक अपांगता स्याहार केन्द्रमा आज बिहानै घटना भएको जापान टुडे अनलाईनले जनाएको छ ।

केन्द्रका पूर्व कर्मचारी समेत रहेका २६ बर्षीय सातोशी युएमात्सुले स्थानीय समय अनुसार बिहान साढे २ बजे केन्द्रमा गई अन्धाधुन्द चक्कु प्रहार गरी स्थानीय प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका थिए ।

उनले आफू झ्यालको शिशा फुटाएर केन्द्रमा प्रवेश गरेको भन्दै अशक्त मानिसहरुलाई समाप्त पार्नु उत्तम हुने बताएका प्रहरीले जनाएको छ ।





The post जापानमा अन्धाधुन्द चक्कु प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - जापानमा अन्धाधुन्द चक्कु प्रहार गर्दा कम्तीमा १९ जनाको मृत्यु

No comments:

Post a Comment