काठमाडौं, ११ साउन । नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएपछि माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत दलभित्र को मन्त्री बन्ने भन्नेबारे दौडधुप सुरु भएको छ ।
आजको नागरिक दैनिकमा खबर छ – कांग्रेस–माओवादी गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्ने तयारी भइरहेका बेला मन्त्री बन्न माओवादी नेताहरुले दौडधुप तीब्र पारेको स्रोतको भनाई छ ।
कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली बढीमा दुईसाता कुर्सीमा रहने र त्यसपछि सरकारको नेतृत्व लिने दाहालसँगै पहिलो चरणमा मन्त्री बन्ने दौडधुपमा दर्जन बढी नेता सामेल भएको माओवादी स्रोतले जानकारी दियो ।
The post मन्त्री बन्न माओवादी केन्द्रमा दौडधुप तीव्र appeared first on www.khabardabali.com.
from Nepal123.com - मन्त्री बन्न माओवादी केन्द्रमा दौडधुप तीव्र
No comments:
Post a Comment