Monday, March 14, 2016

पूर्वसचिवको नेतृत्वमा सीमांकन आयोग गठन

२ चैत, काठमाडौं । सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न आयोग गठन गरेको छ ।

सोमबार राति अबेर बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा। माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह र पवित्रा श्रेष्ठ सुब्बा छन् । आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ भने सदस्य सचिवमा सहसचिव रहने छन् ।

बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका  १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न३१ लाख १७ हजार ५००  निकासा गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । रकम निकासाको काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment