Monday, March 14, 2016

दोलखाका ७८ भूकम्प पीडितलाई ५० हजार

२ चैत, काठमाडौं । दोलखाका थप ७८ भूकम्प पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त घर पुनर्निर्माण गर्न सरकारले प्रदान गर्ने अनुदान रकमका लागि सम्झौता गर्ने क्रम सुरु भएसँगै दोलखाको लादुक गाविसका २८ र लामीडॉडा गाविसका ५० घरधनीले ५० हजार रुपैंयाँ प्राप्त गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सो सम्बन्धी सम्झौतामा पीडिछत र गाविस सचिवले हस्ताक्षर गरेका छन । सम्झौताको चाँजोपाँजो मिलाउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको सुसिल ज्ञवालीको टोली शनिबारदेखि नै सिंगटी पुगेको थियो ।

प्राधिकरणले विभिन्न राजनीतिक दलसंगको छलफलपछि, पुनर्निर्माण कार्य सफल बनाउन अनुदान सम्झौता कार्य जारी राख्ने जनाएको छ । अाइतबारदेखि प्राधिकरणले भूकम्प पीडितलार्इ घर बनाउन नगद राहत वितरण सुरू गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment