Monday, March 14, 2016

चीनसँग आधा दर्जन एमओयुमा हस्ताक्षर हुन्छः परराष्ट्रमन्त्री

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब आधा दर्जन एमओयूमा हस्ताक्षर एवं पत्रहरुको आदान-प्रदान हुने बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनवीच पारवहन, व्यापार र लगानीलगायतका विषयमा छलफल हुने र निश्कर्षमा पुग्ने प्रयास गरिने मन्त्री थापाले जानकारी दिए ।

‘चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा हुन लागेको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ,’ परराष्ट्रमन्त्री थापाले भने, ‘चैत ७ गते बेइजिङ पुगेपछि ८ गतेदेखि दुईदेशका प्रधानमन्त्रीस्तरीय औपचारिक वार्ताहरु हुनेछन् । यसक्रममा आधा दर्जनजति एमओयु र पत्रहरुको आदान-प्रदान हुने सम्भावना रहेको छ ।’

विश्वविद्यालयमा ओलीको भाषण

भ्रमणका क्रममा नेपालको पूर्वाधार विकासमा चिनियाँ सहायेगका विषयमा समेत कुराकानी हुने र निर्णय हुने अपेक्षा गरिएको मन्त्री थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले चीनका शीर्षनेताहरुसँग छलफल गर्ने र दुई देशवीचको सम्बन्ध सुदृढ पार्ने मन्त्री थापाले बताए । साथै प्रधानमन्त्री ओलीले चीनमा रहँदा त्यहाँको विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।

बोआओ समिटमा सम्बोधन गर्ने

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मार्च २३ तारेखदेखि हुने बोआओ सम्मेलनमा सहभागिता जनाउने मन्त्री थापाले बताए । उनले भने ‘२३ तारेखबाट हुने बोआओ समिटमा उहाँले सम्बोधन गर्नुहुनेछ । साथै विश्वका नेता एवं सरकार प्रमुखहरुसँग द्वीपक्षीय र बहुपक्षीय कुराकानीसमेत गर्नुहुनेछ ।’

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ हुने मन्त्री थापाको दाबी छ । भ्रमणबारे जानकारी दिँदै थापाले भने-‘यो भ्रमण नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिनका लागि कोशेढुंगा हुने हामीलाई विश्वास छ ।

सार्क मन्त्रीस्तरीय बैठकको तयारी पूरा

यसैवीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले पोखरामा आयोजना गरिएको सार्क मन्त्रिस्तरीय बैठकको तयारी पूरा भएको बताए ।

उनले भने- ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो, सार्कको मन्त्रिस्तरीय बैठक नेपालले आयोजना गर्नुपर्थ्यो त्यसैले हामीलवे यो बैठक मनोरम एवं सुन्दर नगरी पोखरामा आयोजना गरेका हौं ।’

सार्क बैठकको तयारी पूरा भएको र यो बैठक सफल हुनेमा आफू आशावादी रहेको थापाले बताए । बैठकमा सार्कका सदस्य रहेका ८ वटै देशको सहभागिता हुने उनले जानकारी दिए । मन्त्री थापाले भने- ‘बैठकमा विगतका शिखर सम्मेलनका निर्णयहरुको समीक्षाका साथै आगामी रणनीतिक योजना र कार्यक्रमहरुबारे विस्तृत छलफल हुनेछ ।’

सार्क मन्त्रिस्तरीय बैठकले यस क्षेत्रको आर्थिक, सामाजिक एवं सांस्कृतिक  सम्बन्ध सुदृढ बनाउनेबारे निर्णय गर्ने थापाले स्पष्ट पारे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment