Monday, March 14, 2016

कांग्रेसको निर्वाचित केन्द्रीय समितिमा देउवालाई बहुमत

१ चैत, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेबरहादुर देउवाको प्रष्ट बहुमत पुगेको छ ।

सोमबार साँझ ६४ सदस्यीय केन्द्रीय कार्यसमितिको परिणाम आएको छ । जसमा देउवाका ३६ जना छन् भने संस्थापन (रामचन्द्र पौडेल) समूहको २८ जना निर्वाचित भएका छन् । संस्थापन समूहबाट अलग भएर तेस्रो प्यानल बनाएको कृष्ण सिटौला समूह भने शून्य भएको छ ।

Congress cc by Gut

सोमबार खुला २५ तर्फको परिणाम आएको छ । जसमा अधिकांश पुरानै अनुहार विजयी भएका छन् । सबैभन्दा धेरै मत शेखर कोइरालाले ल्याएका छन् । उनले १८४८ मत पाएका छन् ।

खुलातर्फ महिला उम्मेदवार सुजाता कोइराला मात्र विजयी भएका छन् । ९० उम्मेदवारमा दुई महिला थिए । महिला उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भने पराजित भएकी छन् ।

Congress CC Male Fimele

समग्र केन्द्रीय समितिमा पहिला १४ जना आएका छन् । जसमा पदाधिकारीमा कोषाध्यक्ष सीतादेवी यादव विजयी भएकी छिन् । अरु सबै आरक्षित कोटाबाट आएका छन् । महिलातर्फ ६, मधेसी, दलित, जनजाति कोटाबाट २-२ जना महिला केन्द्रीय समितिमा आएका छन् ।

सात प्रदेश अन्तरगत १४ जना केन्द्रीय सदस्य विजयी भएका छन् । तर, यसमा महिला छैनन् ।

Congress cc vy cast

खुला २५ मा को-को जिते ?

कांग्रेसको खुलातर्फ डा. शेखर कोइरालाले धेरै मत पाएका छन् । यस्तै खुमबहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरूङ, प्रदीप गिरी, प्रदीप पौडेल, बालकृष्ण खाँड, धनराज गुरुङ विजयी भएका छन् ।

यस्तै रमेश लेखक, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि,बलबहादुर केसी,महेश आचार्य,  विश्वप्रकाश शर्मा, सुजाता कोइराला, डा. रामशरण महत, एनपी साउद, शंकर भण्डारी,ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी,  प्रकाशशरण महत, बद्री पाण्डे , नारायण खड्का र डा. मीनेन्द्र रिजाल  निर्वाचित भएका छन् ।

प्रदेश  तर्फ को-को विजयी ?

हरेक प्रदेशबाट २-२ जनाको दरले निर्वाचित १४ जना केन्द्रीय सदस्यहरुमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका बराबर ७-७ जना निर्वाचित भएका छन् ।

प्रदेश नम्बर एकबाट गुरुराज घिमिरे र भिष्मराज आङदम्बे, दुई नम्बर प्रदेशबाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

यसैगरी तीन नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, चार नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्र पाण्डे, पाँच नम्बर प्रदेशबाट दिपक गिरी र देवेन्द्रराज कँडेल निर्वाचित भएका छन् ।

यस्तै ६ नम्बर प्रदेशबाट हृदयराम थामी र जीबनबहादुर शाही तथा सात नम्बर प्रदेशबाट दिलेन्द्र प्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment