Monday, March 14, 2016

कर्मचारी ट्रेड युनियनको निर्वाचनविरुद्ध सर्बोच्चमा आज पेशी

२ चैत, काठमाडौं । कर्मचारी ट्रेड युनियनको निर्वाचनविरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ । ट्रेड युनियनको चुनावको मिति यही चैत २८ गते हुँदैछ ।

समानुपातिक र समावेशीको सिद्धान्त विपरित चुनाव गराउन लागिएको भन्दै त्यसलाई रोक्न माग गर्दै पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहर भवनका नायब सुब्बा अमरसिंह ओली लगायतले गत फागुन ४ गते सर्बोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनमा सर्वोच्च अदालतले परमादेश नदिई पेशी सार्दै आज मंगलबार सबै पक्षलाई छलफलमा बोलाएको छ ।

आरक्षणको व्यवस्था विना चुनाव गराउँदा संविधान विपरित हुने भएकाले चुनाव रोकिनुपर्ने ओलीले बताए । साथै निजामती सेवा नियमावली २०५० को नियम ११७ को छ र ज मा भएको व्यवस्थालाई बेवास्ता गरिएकाले पनि चुनाव रोकिनुपर्ने उनले तर्क गरे ।

निजामति सेपवा नियमावली २०५० को नियम ११७ को को १२ छ र १२ जमा आधिकारिक ट्रेड युनिययनको निर्वाचन पहिलोपटकलाई श्रम विभागले गराउने भनेर उल्लेख भए पनि पुस २३ गते मन्त्रिपरिषद बैठकबाट मिति तोकिएको दाबी रिट निवेदनमा गरिएको छ । यसैगरी आधिकारिक ट्रेड युनियनको निर्वाचन विनियमावलीमा निर्वाचन अधिकृत ६ महिना पहिले नै तोक्नु पर्ने व्यवस्था भए पनि गत माघ ४ गते मात्रै तोकेर चैत २८ गते निर्वाचन गराउन लागिएकाले आफूले रिट दायर गरेको ओलीले जानकारी दिए ।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले फरक-फरक दल निकटका कर्मचारी ट्रेड युनियनको सट्टा समग्र कर्मचारीको एउटै र आधिकारिक ट्रेड युनियन बनाउने भन्दै निर्वाचन प्रक्रिया अघि बढाएकी थिइन् । रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार, श्रम विभाग, निर्वाचन अधिकृत राजीव गौतमलाई विपक्षी बनाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment