२ चैत,काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा भारत उपाधिको सबैभन्दा दावेदार टोली हो, यसमा सन्देह छैन । यसैपनि घरेलु मैदानमा खेल्न पाउनुका फाइदा त यसैपनि हुन्छ ।
तर यसमा ध्यान दिनुपर्ने कुरा यो छ कि अहिलेसम्म भएका पाँच संस्करणमा हरेकपटक नयाँ च्याम्पियन आएका छन् । यसपछि के भन्न गाह्रो हुन्न भने क्रिकेटको यो पछिल्लो संस्करणमा प्रतियोगिताअघि अनुमान लगाउन निक्कै मुस्किल बन्ने गर्छ ।
यसका अलावा घरेलु टोली अहिलेसम्म उपाधि बिजेता बन्न सकेको छैन । दक्षिण अपि|mकामा २००७ मा भएको पहिलो संस्करण भारतले जित्यो, २००९ मा इंग्ल्याण्डमा भएको दोस्रो संस्करण पाकिस्तानले जित्यो, २०१० मा वेष्टइण्डिजमा भएको तेस्रो सस्करणको उपाधि इंग्ल्याण्डले जित्यो, २०१२ मा श्रीलंकामा वेष्टइण्डिज विजयी बन्दा २०१४ मा बंगलादेशमा भएको प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको थियो ।
सन्तुलित टोली भारत
शिखर धवन र विराट कोहलीजस्ता ब्याट्सम्यान र रविचन्द्रन आश्विन र रविन्द्र जडेजाजस्ता बलरको घरेलु मैदानको प्रदर्शनका कारण भारतीय टोली उपाधिको प्रमुख दावेदार हो । टोली निक्कै सन्तुलित पनि देखिएको छ । यसका अलावा महेन्द्रसिंह धोनीजस्ता अनुभवी कप्तान भएपछि टोलीको मनोवल यसैपनि उच्च छ ।
अनुभवी टोली
टोलीका सात खेलाडीहरु धोनी, कोहली, धवन, युवराज सिंह, सुरेश रैना र अजिन्क्या राहणेसँग एक हजारभन्दा बढि टी-२० खेलको अनुभव छ । मतलव यिनीहरुसँग निक्कै अनुभव छ । रोहित शर्मा र विराट कोहली उत्कृष्ट ब्याट्सम्यान हुन्, यसमा दुई मत छैन । यी दुईले कुनैपनि अवस्थामा खेललाई आˆनो पक्षमा पार्ने तागत राख्छन् । यसैले भारतको उपाधिमा प्रमुख दावेदारीताका कारण कोहली र रोहित हुन् ।
क्याप्टेन कुल धोनी
कप्तान महेन्द्रसिंह धोनी पछिल्ला समयमा निक्कै दबाब खेपिरहेका छन् । थुप्रैको सुझाव यो छ कि उनले कप्तानी अव कोहलीलाई सुम्पनुपर्छ । मानिसहरुको मान्यता यो छ कि धोनीमा त्यस्तो आक्रामकता रहेन, जुन पहिले उनको बिशेषता थियो ।
तर, अर्कोतर्फ धोनीले लगातार टी-ट्वान्टीमा आफूलाई सावित गर्दै लगेका छन् । उनका रेकर्ड एकदिवसीय विश्वकप र च्याम्पियन्स कपमा पनि शानदार छ । धोनीको कप्तानीमा भारतल २०११ मा विश्वकप जितेको थियो । सबैभन्दा ठूलो कुरा उनकै कप्तानीमा भारतले २००७ मा पहिलो टी-ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । उनी सुरुवातदेखि नै आइपीएल र घरेलु सिरिजहरु खेलिरहेका छन् । जहाँ उनी आक्रामक शट खेल्न माहिर मानिन्छन् ।
उनलाई राष्ट्रिय टोलीबाट ससम्मान बिदाइका मौकापनि रहेको देखिन्छ । धोनी सायद यस मामलामा अष्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्कलाई अनुशरण गर्न सक्छन् । जसले २०१५ मा विश्वकप जितेपछि सन्यासको घोषणा गरेका थिए । धोनीलाई पनि यो अवसर छ ।
सिनियर खेलाडीलाई भरोसा
यस प्रतियोगितामा भारतीय टोलीमा थुप्रै सिनियर खेलाडीको पुनरागमन भएको छ । यसमा युवराज सिंह, सुरेश रैना लगायत छन् । उनीहरुको पुनरागमनले टोलीलाई पक्कैपनि फाइदा गर्नेछ । यिनीहरुमा अनुभवमात्रै होइन, बहुमुखी प्रतिभाका धनी पनि छन् । युवराजको पुनरागमनपछि धोनीलाई एक अतिरिक्त बलर मिलेको छ । युवराज दबाबको समयमा शानदार व्याटिङ गर्न माहिर मानिन्छन् । जुन उनले अष्ट्रेलिया बिरुद्धको खेलमा देखाइसकेका छन् ।
सुरेश रैना पनि सीमित ओभरको क्रिकेटमा उत्कृष्ट खेलाडी हुन्, साथै शानदार फिनिसर पनि हुन् । उता आसिष नेहरा कुनैपनि पारीको सुरुवाती ओभरमा बललाई स्वीङ गराउन सक्छन् र विकेट पनि लिन सक्छन् ।
घरेलु दर्शकको साथ
पछिल्लो एकदिवशीय विश्वकपका क्रममा मेलवर्न क्रिकेट स्टेडियममा भारत र दक्षिण अपि|mकाबीचको खेल हेर्न ८७ हजार समर्थक पुगेका थिए । दुई विदेशी टोलीबीचको खेल हेर्न यति धेरै मानिसको उपस्थिति अविश्वसनीय भएपनि त्यसमा ८५ हजार भारतीय नागरिक थिए ।
यसबाट प्रष्ट हुन्छ कि भारतीय टोली जहाँ र जोसँग खेलेपनि समर्थकको अभाव कतै छैन । यसबाहेक घरेलु मैदानमा त झन स्थिति एकदम अलग छ । जस्तो कि यदि कोलकताको इडेन गार्डेनमा खेलिने फाइनल खेलमा भारत पुग्यो भने भारतको हरेक ‘बाउन्ड्री’पछि घरेलु समर्थकको होहल्लाका कारण विपक्षी समर्थकले काम थुन्नु पर्ने अवस्था आउँछ ।
त्यसको विपरित विपक्षी टोलीको प्रत्येक ‘बाउन्ड्री’मा ‘पिन ड्रप साइलेन्स’ पनि हुनेछ । यसले मनोबैज्ञानिक दबाब पनि बढ्न सक्छ । तर, खेलाडी खराव लयमा छन् भने दर्शकका समर्थनले मनोवल बढाउन सक्छ ।
घरेलु दर्शक पनि एक कारक हुन सक्छन् । तर, भारतलाई यसले फाइदा गर्ला ? या भारतीय खेलाडीको प्रतिक्रियामाथि निर्भर हुनेछ । भारतीय टोलीमाथि लामो समयसम्म अनुगमन गरेको अनुभवबाट म के ठोकुवा गर्न सक्छु भने भारतीय खेलाडीले यसलाई दबाबको रुपमा लिने छैनन् ।
(भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरका जीवनीका सहलेखक बोरिया मजुमदारले बिबिसी हिन्दीमा लेखेको लेखको अनुवादित अंश)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment