नेपालको इतिहासमा आफ्ना श्रीमान्विरुद्ध अन्तर्घात गरेर रजाइँ गर्ने महारानीहरूको कुनै कमी छैन । यस्तै महारानीहरूको शृङ्खलामा सबैभन्दा अगाडि देखिएकी छिन्– महारानी नायकदेवी । त्यतिबेला काठमाडौं उपत्यकाको सत्ताको केन्द्र भक्तपुर थियो ।
सिंजाका राजा आदित्य मल्लले वि.संं. १३८५ मा काठमाडौं उपत्यकामा आक्रमण गर्दा भएको युद्धमा आफ्ना पिता राजा जयरुद्र मल्ल मारिँदा नायकदेवी नाबालिग नै थिइन् । माता–पिताकी एकमात्र सन्तान नायकदेवीलाई त्यसपछि उनकी सौतेनी आमा देवलदेवीले हुर्काएकी थिइन् ।
विवाहयोग्य भएपछि नायकदेवीको विवाह काशीका राजकुमार हरिश्चन्द्रसँग भयो । त्यतिबेला हरिश्चन्द्र बनारसबाट डोलाका रूपमा भक्तपुर भित्र्याइएका थिए । विवाहको केही समयपछि नै आफ्ना श्रीमान्सँग असन्तुष्ट नायकदेवीले सिम्रौनगढबाट काठमाडौं उपत्यका पसेका हरिसिंह देवका वंशज जगतसिंहसँग हिमचिम बढाएकी थिइन् ।
आफ्ना प्रेमी जगत्सिंहकै सल्लाहमा नायक देवीले श्रीमान् हरिशचन्द्रलाई विषपान गराई हत्या गरिन् । त्यसपछि उनले जगत्सिंहसँग दोस्रो विवाह गरिन् । यिनै जगत्सिंह र नायक देवीकी छोरी थिइन्– राजल्ल देवी, जसको विवाह जयस्थिति मल्लसँग भएको थियो ।
इतिहासकारहरूका अनुसार सिंजाका राजा आदित्य मल्लको आक्रमणपछि र जयस्थिति मल्लको उदयबीचको यो समयको काठमाडौं उपत्यकाको इतिहास पारिवारिक किचलो र द्वैध शासनको जालोमा रुमल्लिएको थियो । त्यही समयमा भक्तपुरको दरबारबाट नायकदेवीका काकाका छोरा जयराज्य देव (वि.संं. १४०४–१३) तथा जयार्जुन देव (वि.सं. १४१३–३३) ले शासन चलाएका थिए । तीमध्ये जयार्जुन देवसँगको सत्ता संघर्षपछि नै जयस्थिति मल्ल नेपालको राजनीतिमा उदाएका हुन् । भनिन्छ, त्यतिबेला हरिसिंह देवका वंशजहरूले भक्तपुरको राजकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्थे । कतिपय इतिहासकारको मत छ– त्यतिबेला राजकाजमा उनीहरूको भूमिका राणाहरूको जस्तै थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment