Monday, March 28, 2016

भिरमा खसेका व्यक्तिको ८ घण्टापछि उद्धार

१५ चैत, तानसेन । रानीमहल नजिकैको करनेटा भिरमा अड्किएका एक व्यक्तिको झण्डै ८ घण्टापछि जिवितै उद्धार गरिएको छ ।

आइतबार दिउँसो करिव ४ बजे छेर्लुंगबाट रानीमहल आउने बाटो खन्ने क्रममा पुरिएका हविस खानलाई गएराति साढे ११ बजे नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गर्न सफल भएको हो ।
उनले आफ्नो नाम हविस खान बताउँछन् । ठेगाना भने खुलेको छैन ।
उद्धारपछि प्रहरीले उनलाई नुहाइ-धुवाई गराएर उपचारका लागि पठाएको छ । उनको मानसिक अवस्थासमेत कमजोर देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
– सुवास बी.सीबाट
– अनलाईन खबरबाट साभार

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment