उर्लाबारी (मोरङ), १५ चैत । कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको वताउनुभएको छ ।
संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उहाँको भनाइ छ । मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो ।
निकै लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएको उहाँको भनाइ थियो । विगत लामो समयदेखि हुन नसकेको पारवहन सन्धि, व्यापार सम्झौता, पर्यटन, भौतिक पूर्वाधारका विषयमा सम्झौता भएको उहाँले बताउनुभयो ।
कानुनमन्त्री खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलब्धिमूलक भएको दाबी गर्नुभयो ।
मन्त्री खरेलले मधेसवादी दलले फेरि आन्दोलनको कुरा गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले मधेसवादी दलका माग पूरा हुँदै गएकाले आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment