१५ चैत, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण भएको छ । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको भारतीय सरकारी च्यानल दूरदर्शनले जनाएको छ ।
भारतको सहयोगमा उक्त संसद भवन बनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गरेका थिए । भवन उदघाटन गर्दै उनले भारत र अफगानिस्तानको मित्रता तोडाउने प्रयास भइरहेको भन्दै विकासका लागि आतंकवाद अन्त्य हुनुपर्ने बताएका थिए ।
काबुलको नयाँ संसद भवन निर्माणमा चार करोड ५० लाख डलर खर्च हुने अनुमान गरिएको थियो । तर यो बढेर ९ करोड डलर पुगेको थियो ।
भवन मुगल र आधुनिक कलामा निर्माण गरिएको छ । यसको गुम्बजलाई एशियाकै सबैभन्दा ठूलो गुम्बज मानिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment