१५ चैत, काठमाडौं । सन् दुई हजार तीस सम्म नेपाललाई विकसित मुलुक बनाउने परिकल्पनालाई साकार बनाउन आजबाट राजधानीमा दिगो विकास लक्ष्य सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले संयुक्त आयोजना भएको सम्मेलनको प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच शुभारम्भ गरे ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषि, जलविद्युत र पर्यटन विकास मार्फत् आर्थिक समृद्धि मार्फत् त्यो लक्ष्य पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाललाई आगामी २ दशकमा विकशित देशको सूचीमा पुर्याउने कुरामा आफूहरु प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सन् दुई हजार तीससम्ममा नेपालको गरीबी एकोहोरो अंकमा झार्ने लक्ष्य पुरा हुने क्रममा रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले दीर्घकालिन विकासका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित सबै निकाय सहकार्य गरेर योजनावद्ध तरिकाले अघि बढ्नेपर्नेमा जोड दिए ।
कार्यक्रममा एसियाली विकास बैँकका उपाध्यक्ष वेनकाइ झाङले दीर्घकालिन विकासका लागि सामाजिक र राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले नेपालको विकासका लागि एसियाली विकास बैंक साझेदार बन्न तयार रहेको बताए ।
नेपाल चीन सम्बन्धबारे भारतीय गृहमन्त्रीको टिप्पणी
नेपालले नेपाल सन् दुई हजार बाइससम्ममा विकासशील मुलुक बन्ने, चारदेखि आठ प्रतिशतसम्म आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा एसियाको विकास अनुभव, नेपालको दीर्घकालिन विकास अन्र्तगत जलविद्युत, शहरी तथा यातायात, सामाजिक, कृषि लगायतका क्षेत्रको विकासका बारेमा छलफल हुनेछ ।
स्रोतः नेपाली हेडलाईन्स
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment