ललितपुर, १५ चैत । ललितपुर बाँडेगाउँ विष्टछाप बस्ने ४८ वर्षीय बालकृष्ण सिलवाललाई कुटपिट गरी घाइते बनाउनेमध्ये ४ जना र सवारी दुर्घटना गराई फरार १ जना समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सडकमा बा.५१ प २७१० नम्बरको मोटरसाइकलले पैदलयात्री ५८ वर्षीय केदार खडकालाई आइतबार ठक्कर दिँदा घाइते भएपछि खडकाको पाटन अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बिप्लभ सिलवालले ठक्कर दिएको भनी पीडित पक्ष घरमा गई उनका बाबु बालकृष्णलाई कुटपिट गरेका थिए । घाइते सिलवाललाई उपचारको लागि वि एण्ड वि अस्पताल लगिएको छ ।
कुटपिट पश्चात दुवै गाउँलेबिच झगडा भएपछि कुटपिट गर्ने ४ जना र दुर्घटना गरी फरार बिप्लभलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment