प्रयास पराजुली, काठमाडौ । मोहन वैद्य किरण प्रचण्डका पनि गुरु हुन् । जनयुद्धको क्रममा पक्राउ परेका वैद्यले लामो समय भारतमै जेलजीवन विताए । प्रचण्डले गुरुको रुपमा स्वीकार गरेका वैद्यले शान्ति प्रक्रियामा आएपछि प्रचण्डसंग असन्तुष्ट हुँदै पार्टी विभाजन गरे । मुख्य त डा. बाबुराम भट्टराईको कारण वैद्य समुहले पार्टी विभाजन गरेको थियो ।
वैद्यले जनयुद्धको क्रममा महत्पूर्ण भूमिका निर्वाह गरेका रामबहादुर थापा, देव गुरुङ, सिपी गजुरेल, हितमान शाक्य, हरिभक्त कँडेल, पम्फा भुसाल सहितका नेताहरु लिएर बाहिरिएका थिए । पार्टी विभाजन गरेको तीन बर्षपछि बाबुराम भट्टराईले कम्युनिष्ट सिद्धान्त र विचार नै परित्याग गरेर नयाँ पार्टी गठन गरेका छन् । बाबुराम बाहिरिएपछि बढेको प्रचण्ड र बैद्यको हिमचिम राजनीतिक कार्यदिशामा आएर अडकिएको छ ।
प्रचण्डले समाजवादी क्रान्तिको कार्यदिशा नै अबको बाटो भएको बताउंदा वैद्यले जनवादी क्रान्ति नै पूरा नभएको अडान राखिरहेका छन् । वैद्यसंग असन्तुष्टि राख्दै नेत्र विक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरिसकेका छन् । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीचको एकताका लागि भएका प्रयासहरु कार्यदिशामा आएर गाँठो परेको छ । जुन गाँठो फुकाउन क्रान्तिकारी माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा वैद्यको प्रस्ताव माथि वादलले फरक प्रस्ताव राखेका छन् ।
वैद्य र प्रचण्ड कहिले नजिक कहिले टाढा

हिजो कार्यदिशाको कुरो नमिल्दा पार्टी विभाजित गरेको र आज एमाओवादीले नै अङगालेको कार्यदिशा कसरी सही भन्ने वैद्यले प्रश्न गरेका छन् । बैद्यले सिद्धान्तनिष्ठाको आधारमा स्पष्ट कार्यदिशा सहित पार्टी एकता गर्न सकिनेमा जोड दिएका छन् । वैद्यलाई पार्टी एकता गर्नको लागि दबाब परेपछि केन्द्रीय समितिको बैठकमा पार्टी एकताकै प्रस्ताव पेश गरेका छन् । एक साता अघि सम्पन्न एमाओवादी केन्द्रीय समितिको बैठकले सकेसम्म वैद्य नै नेतृत्वमा पार्टी एकता गर्ने यति त्यसो हुन सकेन भने रामबहादुर थापाको नेतृत्व पनि भएपनि पार्टी एकीकरण गर्ने प्रचण्डले खुलासा गरेका थिए । प्रचण्ड र वैद्यबीच अन्तरंङ कुराकानी भएपनि कार्यदिशाको विषयमा कुरा मिल्न सकेको छैन् । प्रचण्ड र वैद्यलाई तत्काल पार्टी एकता गर्न केन्द्रदेखि गाउं तहसम्म ठूलो दबाब रहेको छ ।
वैद्यको प्रस्तावमाथि वादलले यस कारण राखे फरक प्रस्ताव

सधै एउटा सोच र चिन्तले पार्टी चल्न सक्दैन समय र परिस्थिति अनुकूल पार्टीलाई परिमार्जन गर्दै लैजाने आँट र हिम्मत गर्नुपर्नेमा वादलले केन्द्रीय सदस्यहरुसंग आग्रह गरेका छन् । वादलले पार्टीले अबलम्बन गरेको नीति फितलो हुँदा विप्लव नेतृत्वको समुह बाहिरिएको स्मरण गराउदै सिंगो पार्टीले एकताको लागि लाग्नु पर्ने आह्वान समेत गरेका छन् । पार्टी एकताको बारेमा स्पष्ट प्रस्ताव अघि नसारे वादलले फरक प्रस्ताव ल्याउने बताएका थिए । वैद्यको प्रस्तावमा एकतालाई टार्ने खालेका प्रस्ताव आएपछि पूर्व तयारी अनुसार थापाले फरक प्रस्ताव राखेका छन् । सचिव देव गुरुङ पम्फा भुसाल हितमान शाक्य लगायतका नेताहरु कुनै पनि हातलमा पार्टी एकता गर्नुपर्ने दबाब दिदै आएका छन् ।
वैद्य छोडेर किन बादल रोजे प्रचण्डले ?

एक बर्षको अवधिमा पनि वैद्यलाई फकाउन नसकेका प्रचण्डले पछिल्लो समयमा वादललाई पार्टी एकताको लागि दबाब दिन अघि सारेका छन् । सोही अनुसार बादलले वैद्यलाई एकताको निम्ति दबाब दिएका छन् । तर कुरा मिल्न सकेको छैन् । वैद्य र वादलकाले फरक–फरक प्रस्तावमाथि केन्द्रीय समितिको बैठकमा छलफल सुरु भएको छ । वैद्यको प्रस्ताव पारित भए वादल नेतृत्वको समुह एमाओवादीसंग पार्टी एकता गर्ने तयारीमा छन् ।
स्रोतः नेपाली हेडलाईन्स
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment