भारतको मध्य प्रदेशकी प्रियंका भदोरियाले बिवाह पूर्व घरपटीका मानिससँग यस्तो शर्त राखेपछि सबैजना जिल्ल परे ।
प्रियंकाले आफ्नो हुनेवाला घरपटिका मानिससँग प्रष्ट रुपमा भनिन कि–’ यदि उनीहरुले भनेको केटासँग बिवाह गर्नु छ भने उनको परिवारले १० हजार रुखविरुवा रोप्नु पर्छ ।’ उनको यो मागलाई पुरा गर्ने शर्तमा गत शुक्रबार उनको बिवाह सम्पन्न भएको छ । उनीहरुले धुमधामसँग प्रियंकासँग आफ्नो छोराको बिवाह गरेका छन् ।
प्रियंका भिंड जिल्लाको किशीपुरा गाउकी हुन, त्यहाको रिति रिवाज अनुसार बिवाह गर्ने दुलहीलाई उनको इच्छाको बारेमा सोध्ने गरिन्छ । तर प्राय: केटीहरुले लुगा,कपडा,गहना,जग्गा जमिन आदि माग्ने गर्दथे भने प्रियंकाले अलग किसिमको माग राख्दा सबै चकित परेका थिए । प्रियंका दश बर्षको उमेर देखि नै विरुवाहरु रोप्ने गर्दथिन् । उनको त्यस्तो कृयाकलापले पर्यावरणमा सघाउ पुर्याउदै आएको छ । प्रियंकाका पति रवि चौहानले उनको शर्तलाई स्विकार गर्दै १० हजार मध्ये ५ हजार बिरुवा उनको माईतीमा रोप्ने संकल्प गरेका छन् । जुन स्थान बर्षौदेखि सुक्खा स्थानको रुपमा परिचित छ । अहिले प्रियंकाको यो कार्यलाई सबैले सराहनिय मानिरहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment