अहिले बेलायती विद्यार्थीहरु शुक्रकिट बिक्रिमै ब्यस्त छन् । उनीहरुले आफ्नो शुक्रकिट एक पटक दान गरे वापत ११ हजार रुपयाँ कमाउँछन् । शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिङ साइट अमेजन मार्फत ७५ ब्रिटिश पाउण्ड अर्थात ११ हजार ४०० रुपयाँको भौचर पाउँछन् । अनी उनीहरुले सो नगद भौचर मार्फत अनलाइनमै आफुलाई चाहेको कुरा किन्न सक्दछन् ।
शुक्रकिट दिएको बदलामा सयौ पाउण्ड कमाउन सक्ने यस्ता भाग्यामानी विद्यार्थी बेलायतको शेफिल्ड विश्वविद्यालयका हुन् । उत्त विश्वविद्यालयका प्राध्यापक ऐलेन पेसीले एउटा यस्तो अनुसन्धान गर्दैछन् जुन सफल भएमा पुरुषको पुरुषत्व ७० प्रतिशतसम्मले बढाउन सकिन्छ । सोही सोधका लागी उनलाई तन्नेरी युवाहरुको शुक्रकिटको आवश्यकता परेको हो ।
प्रध्यापक ऐलेन लाइकोपेन नामक तत्व माथि शोध गरीराखेका छन् । यो तत्व गोलभेँडाको बोक्रामा पाईन्छ । यही तत्वको प्रयोगले पुरुषहरुमा शुक्रकिटको मात्रा बढाउन सकिने विश्वास उनको छ ।उनको यो शोध सफल भएमा पुरुषमा बाँझोपन हटाउन तथा पुरुषत्व बढाउने दिशामा यसबाट ठूलो सफलता प्राप्त हुने उनको दावी छ । शोधको सुरुवाती नतिजा निकै सकरात्मक रहेको र लाइकोपेनले जबर्जस्त उत्साह पैदा गर्न सक्ने देखिएको प्रध्यापक ऐलेन बताउँछन् । लईकोपेनको सहायताले शुक्रकिट बढाउने प्रक्रिया तीन महिनामा पूरा हुने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment