काठमाडौं, वैशाख १५ – पोहोरको तुलनामा यसवर्ष गर्मी ह्वात्तै बढेको छ । यसवर्ष खडेरीका कारण गर्मी बढेको मौसमविद राजु प्रधानाङगले बताउनुभयो ।
उहाँका अनुसार पोहोर वैशाख १५ सम्म नेपालको तराईमा झण्डै ३७ डिग्री सेल्सियससम्म पुगेको तापक्रम यसवर्ष ४० डिग्रीभन्दा माथि पुगिसकेको छ ।
पोहोर यतिबेला ३६ दशमलव ७ डिग्री पुगेको धनगढीको तापक्रम मंगलबार ४० दशमलव ५ डिग्री पुगेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पोहोर ३४ दशमलव ९ डिग्री रहेको नेपालगन्जको तापक्रम मंगलबार ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डूको तापक्रम पनि पोहोरको तुलनामा ह्वात्तै बढेको छ ।
पोहोर योबेला २९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम हिजो ३४ दशमलव २ डिग्री मापन गरिएको छ । तत्काल पानी नपरे अर्को महिना तातो हावा लू चल्ने संभावना भएको मौसमविद् प्रधानाङगले बताउनुभयो ।
अहिलेको अवस्था हेर्दा अबको तीन दिन पानी पर्ने सम्भावना भने नभएको उहाँको भनाइ छ । नेपालमा तीन दिनको मात्र मौसम पुर्वानुमान गर्न सक्ने उपकरण भएकाले त्यसपछि के हुन्छ भन्ने यकिन नभएको उहाँले बताउनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment