१५ वैशाख, काठमाडौं । देशलाई धुव्रीकरणमा लैजान सत्तारुढ वामपन्थी नेताहरु अग्रसर भएपछि अन्तर्राष्ट्रिय समुदाय र नेपाली कांग्रेस सम्भावित तनावलाई लिएर चिन्तित बनेका छन् ।
वामपन्थी कम्युनिष्ट र प्रजातन्त्रवादी शक्तिहरुबीच धुव्रीकरण हुँदा मुलुक आन्तरिक द्वन्द्वमा फस्न सक्ने र त्यसले देशको विभाजनसम्म गराउन सक्ने भएकोले कांग्रेस नेतृत्व गम्भिर भएको हो ।
प्रधानमन्त्री ओली लोकप्रिय बजेट ल्याउने र त्यही बजेट देखाएर आउँदा निर्वाचनहरु एमाले एक्लैले जित्न सक्ने परिस्थिति निर्माण गर्न चाहँदै छन् । त्यसैले ‘बजेटसम्म’ प्रचण्ड र कमल थापाहरुलाई भड्किन नदिन ओली प्रयासरत रहिआएका छन् । आगामी स्थानीय र आनिर्वाचनमा एमाओवादीलाई चालिस प्रतिशत अशं (उम्मेद्वार) दिने वचन दिएका ओलीले कमल थापाका पनि हरेक इच्छा पूरा गर्न प्रयास गरिहेका छन् ।
यसका बाबजुद आफूलाई प्रधानमन्त्री स्वीकार गरिएको अवस्थामा प्रचण्ड गठबन्धन बदल्न तयार हुने आशा अर्को पक्षले राखेको छ । नेपाली कांग्रेस आफ्नै नेतृत्वको सरकार निर्माणको पक्षमा देखिएको छ र विशेष अवस्थामा बाहेक कांग्रेसले सरकारको नेतृत्व नछोड्ने पनि स्पष्ट छ ।
तर, देशलाई धुव्रीकृत हुनबाट जोगाउन कांग्रेसले प्रचण्ड या अरु कसैको नेतृत्वमा सरकार बनाउने समभावनालाई इन्कार गर्न सकिँदैन । जसरी ०६६ मा कांग्रेसले माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाइदिएको थियो, त्यसैगरी प्रचण्डलाई यसपटक समर्थन गर्ने समभावना बढेर गएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment