Saturday, April 9, 2016

नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘फेवा महोत्सव’

२८ चैत, पोखरा । नेपाली नयाँ वर्ष स्वागतका लागि ‘फेवा नव वर्ष महोत्सव’ आइतबारदेखि सुरु हुँदैछ । बैशाख २ गतेसम्म महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

पश्चिमाञ्चल होटल संघको अायाेजनामा “फेवाताल बचाऔ” भन्ने मूल नाराका साथ हुने महोत्सव बसुन्धरा पार्कमा हुनेछ । महोत्सवको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान पोखराको सहकार्यमा अाजदेखि वैशाख १ गतेसम्म अम्बोटदेखि हल्लान चोकसम्म सडक महोत्सव समेत गरिने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

महोत्सवमा पाँच तारे होटलदेखि स्थानिय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै ठाउँमा पाइनेछ । यस्तै प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिने छन् ।

त्यस्तै, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, वैंक तथा वित्तिय संस्थाहरुको स्टलहरु रहने, हास्य कलाकारहरुको बेजोड प्रस्तुती, कृषि उपज स्टलहरु निःशुल्क प्रदर्शन लगायतका महोत्वको आकर्षणका रुपमा रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले बताए ।

महोत्सवमा अपि्रय घट्ना नघटोस् भनेर भरपर्दो सुरक्षा व्यवस्था महिलाइएको छ । महोत्सव स्थलको गतिविधी नियाल्न सिसी क्यामरा जडान गरिएको छ ।

स्वास्थ्यमा समस्या आएको खण्डमा प्राथमिक उपचारका लागि भनेर ‘प्राथमिक उपचार कक्ष’ राखिनेछ भने थप उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स स्ट्याण्डबाई राखिने पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

महोत्सवको अवसरमा संघले पोखरा पर्यटन पुनरुत्थान समितिले पहिले घोषणा गरेको २० प्रतिशत छुटलाई नै यथावत राखेको छ । संघले महोत्सवमा प्लाष्टिकका झोला र गिलासको प्रयोग नगर्ने बताएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment