Saturday, April 9, 2016

भूकम्पपछि बन्द रसुवाका पर्यटकीय मार्ग खुल्ला

२८ चैत, रसुवा । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ ।

स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताए ।

सो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले रु १० लाख सहयोग गरेको कोषाध्यक्ष तामाङले बताए ।

खोला किनारको लाङ्टाङ पदमार्ग खुलेलगत्तै तिवारी, बन्बु, लामा होटेललगायतका क्षेत्रमा स्थगन गरिएका पर्यटकीय होटल खुल्ने क्रम अगाडि बढिरहेको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment