Saturday, April 9, 2016

नेपाल-भारत बिद्यालयस्तरीय क्रिकेट लिग काठमाण्डौमा सुरु

२८ चैत, काठमाण्डौ । नेपाल-भारत बिद्यालयस्तरीय क्रिकेट लिग शनिबारदेखि काठमाण्डौमा सुरु भएको छ ।

डीएभी सुशील केडिया विश्व भारती स्कूल काठमाण्डौको आयोजनामा पहिलोपटक बिद्यालयस्तरीय अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।

शनिवार पुल्चोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा स्वास्थ्यमन्त्री रामजनम चौधरील प्रतियोगिताको उद्घाटन गरे ।

inter-school-cricketउद्घाटन कार्यक्रममा डीएभी स्कूल ब्यबस्थापनका समितिका अध्यक्ष अनिल केडियाले आपसी भातृत्व बढाउन र बिद्यालयस्तरबाटै क्रिकेट खेलाडीको उत्पादन गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

सार्कस्तरीय खेलकुद आयोजना गर्ने लक्ष्य भएपनि प्राबिधिक समस्याका कारण सम्भव नभएको भन्दै उनले आगामी बर्षदेखि यसलाई सार्कस्तरीय बनाउने तयारी रहेको प्रष्ट पारे ।

पुल्चोक र भक्तपुरको सल्लाघारीस्थित सैनिक महाबिद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताका खेलहरुमा नेपाल र भारतका गरी १२ वटा बिद्यालयका क्रिकेट टीमको सहभागिता रहनेछ । अप्रिल १४ मा इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा फाइनल खेल हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment