२८ चैत, मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मधेसलाई हेर्ने दृष्टिकोण काठमाडौँबाट परिवर्तन हुन नसके अप्ठ्यारो हुने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले मधेस समस्या समाधान गर्नका लागि उत्तर–दक्षिण वा सात समुद्रपारिको मुख ताक्ने कामको अन्त्य हुनुपर्ने धारणा राखे ।
वार्ताबाहेक अर्को उपाय नभएको बताउँदै नेता कोइरालाले सरकारले प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प नभएको बताए ।
रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment