२७ चैत, अर्घाखाँची । अर्घाखाँचीको ढिकुरा गाविसमा शुक्रबार राति भरुवा बन्दुकको गोली (छर्रा) लागेर एक जनाको ज्यान गएको छ ।
ढिकुरा गाविस वाड न. ७ चरेपानीमा भरुवा बन्दुकको छर्रा लागेर स्थानीय १८ वर्षीया केस बहादुर तंगनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।
स्थानीय डेम बहादुर गुरुले चलाएको बन्दुकको गोली लागेर मगरको घटनास्थलमै मृत्यु भएको थियो । गोली चलाउने गुरुंङ्गभने फरार रहेको प्रहरीले जनाएको छ ।
फरार रहेका गुरुंङ्गको खोजी भइरहेको र घटनाका विषयमा छानविन भइरहेका अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीलेे बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment