Friday, April 8, 2016

बार एसोसिएशनको अध्यक्षमा केसी, २० पदमा लोकतान्त्रिक प्यानलले जित्यो

२६ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् । उनीसँगै महासचिवमा सोही प्यानलका खम्मबहादुर खाती विजयी भएका छन् ।

अध्यक्ष बनेका केसीले प्रगतिशील प्यानलका प्रतिस्पर्धी विजयकान्त मैनालीलाई पछाडी पारे भने खातीले दिनमणि पोखरेललाई उछिने ।

लोकतान्त्रिक प्यानलले विभिन्न बारको  २० पदमा जीत हात पारेको छ ।

सत्तारुढ र गठबन्ध र मधेसबादी पार्टीको संयुक्त प्यानललाई पछाडी पार्दै लोकतानित्रक प्यानलले बर्चस्व कायम गरेको हो ।

मध्यपश्चिम र सदुरपश्चिमको उपाध्यक्ष, महिला उपाध्यक्ष तथा दुई सदस्यमा भने प्रगतिशिलका उम्मेदवारले जित हात पारे ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जना प्रतिस्स्पर्धामा थिए । मतदानमा सात हजार ८४५ मत खसेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment