रविन भट्टराई
२६ चैत, ताप्लेजुङ । यसवर्षको प्रवेशिका परीक्षा एसएलसी देशभर छिटफुट घटना बाहेक शौहार्दपुर्ण वाताबरणमा शुक्रबारदेखि सकिएको छ । तर ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्च नहुँदा आफुहरुले कस्टपुर्ण रुपमा परिक्षा सम्पन्न गरेको गुनासो गरेका छन् ।
परीक्षा केन्द्रहरुका कक्षाकोठा साघुरा, अँध्यारो हुनुको साथै कक्षा एक, दुईका विद्यार्थीका लागि बनाईएको डेक्स बेन्चहरु परीक्षाकेन्द्रमा प्रयोग गर्दा परीक्षा दिन शारिरिक रुपमा असहज भएको उनीहरुको गुनासो छ ।
छोटो र सानो डेक्स बेन्च भएकाले घुँडा भुँईमा टेकेर लेख्नुपर्दा असहज भएको सदरमुकाम स्थित भानुजन उच्च मावि केन्द्रका परीक्षार्थी विक्रम लिम्बुले बताए । सदरमुकामै रहेको भानुजन उच्च माद्यमिक विद्यालयका दुईवटा केन्द्र, हाङ्देवामा रहेको जनता उच्च माद्यमिक विद्यालयको एउटा केन्द्रमा पनि अनुगमनका क्रममा यस्तो समस्या पाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
प्रवेशिका परीक्षा एसएलसी सुरु हुनसाथ केहि विद्यालयमा अनुगमनका क्रममा संभव भएसम्म डेक्स बेन्च परीवर्तन गर्न लगाईएको भए पनि सबै स्थानमा पर्याप्त डेक्स बेन्च नहुँदा समस्या भएको प्रजिअ पाण्डेको भनाई छ ।
सदरमुकाममा एउटै विद्यालयमा दुईवटा केन्द्र राख्नुपर्ने बाध्यता साथै परीक्षा सञ्चालनका लागि छुट्टै कक्षा र डेक्स बेन्च नहुँदा यस्तो समस्या आएकाले आगामी वर्षदेखि विद्यालयको फर्निचर सुधारमा ध्यान दिने ताप्लेजुङका जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाले बताए ।
गत चैत्र १८ गतेबाट सुरु भएको परिक्षाको अन्तिम दिन शुक्रबार विद्यार्थीले ऐच्छिक द्धितीय विषयको परिक्षा दिएका छन् । प्राविधिक तर्फको परीक्षा भने चैत २९ गते मात्र सकिनेछ ।
यसबर्ष पहिलो पटक लेटर ग्रेडिङ प्रणालीमा परीक्षाको नतिजा प्रकाशित हुदैछ । यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८२ र आंशिकतर्फ १ लाख ५९ हजार ४ सय १७ गरी कूल ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment