Friday, April 8, 2016

सांसदका छोराले मेनेजर कुटे

२७ चैत, काठमाडौं । मोरङको केराबारी १ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका मेनेजर ४० वर्षीया अविन श्रेष्ठमाथि बिहीबार राति आक्रमण भएको छ ।

मोरङको कोसीहरैंचा नगरपालिका १ का ३५ वर्षीय आशीष गुरुङले बियर खाने गिलासले राति ८ः३० बजे बिराटनगर ६ घर भएका बैंक मेनेजर श्रेष्ठमाथि आक्रमण गरेको आजको अन्नपूर्णमा समाचार छ ।

आशीष मोरङको निर्वाचन क्षेत्र नं ८ का एमालेका प्रत्यक्षतर्फका सभासदु चन्दूबहादुर गुरुङका छोरा हुन् ।

केराबारी २ मा रहेको खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । उनको विराटनगरमा उपचार भइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment