२७ चैत, काठमाडौं । उच्च प्रोटिनयुक्त खाना र नियमित मदिरा सेवनका कारण धेरै व्यक्तिमा युरि कएसिड र बाथ रोगको समस्या देखिएको छ ।
जावलाखेलस्थित अल्का अस्पतालद्वारा आयोजित निः शुल्क बाथ रोग शिविरमा सहभागी झन्डै ६ सय बिरामीको परीक्षणपछि अधिकांशमा यस्तो समस्या देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।
परीक्षण गरिएकामध्ये अधिकांशले उच्च प्रोटिनयुक्त खाना खाने गरेको र नियमित मदिरा सेवन गर्ने गरेको बताएको बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले जानकारी दिए ।
उनका अनुसार विगतमा आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गरेका र उचाइअनुसार तौल कायम हुन नसकेका व्यक्तिमा पनि युरिक एसिड र बाथको समस्या देखिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment