Friday, April 8, 2016

कांग्रेस संसदीय दल कार्यसमितिमा पनि देउवाको कब्जा, को–को भए विजयी ? सूचीसहित

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षका अत्यधिक बहुमत सदस्य विजयी भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज भएको मतदानमा अधिकांश सदस्य देउवा निकटका विजयी भएका हुन् ।

२१ सदस्य चयनका लागि भएको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको थियो । विजेतामध्ये १७ जना सभापति देउवा पक्षधर हुन् भने चार जना मात्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । जातीय आरक्षणतर्फ खर्स आर्य पुरुषबाहेक सबैमा देउवा समूह विजयी भएका हुन् ।

प्रदेशतर्फ भने पौडेल समूहका तीन जना विजयी भएका छन् । पिछडिएको क्षेत्रबाट यसअघि नै राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएका थिए ।

कसले कति मत ल्याएर जिते त ?

मधेसी महिलातर्फ प्रमिलादेवी दास (११२) र रश्मी ठाकुर (१२०), मधेसी पुरुषतर्फ रामअयोध्या यादव (१२३), दलित महिलातर्फ आशा विक (१२४), दलित पुरुषतर्फ रनभान कामी (१०५), जनजाति महिलातर्फ ज्ञानकुमारी छन्त्याल (१०९) आशा गुरुङ (१०८), जनजाति पुरुषतर्फ तीर्थ लामा (१११), आङटावा शेर्पा (१०४), खस आर्य महिलातर्फ गीता वाग्ले (१२१), मधु शाही ठकुरी (११९), खस आर्य पुरुषतर्फ राजन केसी (११८), थारुतर्फ भुटनीदेवी थारु (१०७) र मुस्लिमतर्फबाट अब्दुल रज्जाक (१३९) विजयी भएका छन् ।

त्यसैगरी प्रदेश नम्बर १ बाट दीपक खड्का (१०३), प्रदेश नम्बर २ बाट प्रेमकिशोर साह तेली (१०९), प्रदेश नम्बर ३ बाट ध्यानगोविन्द रञ्जित (११७), प्रदेश नम्बर ४ बाट रामचन्द्र पोखरेल (१०९), प्रदेश नम्बर ५ बाट विक्रम खनाल (१११), प्रदेश नम्बर ६ बाट तप्तबहादुर विष्ट (१२०) र प्रदेश नम्बर ७ बाट भरतबहादुर खड्का (११०) विजयी भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment