काठमाडौं, २७ चैत । १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेका छन् ।
लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
संसदीय दलको कार्यसमिति निर्वाचनमा त सभापति देउवा ८० प्रतिशतभन्दा माथि देखिएका छन् । शुक्रबार भएको संसदीय कार्यसमितको निर्वाचनमा २३ मध्ये १८ पदमा देउवा पक्षधर चारजनामा चित्त बुझाएर अत्यत्यै झिनो उपस्थिति देखाउन बाध्य भएको छ ।
महाधिवेशनमा ४२ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेका पौडेलले दलको निर्वाचनसम्म पुग्दा आफ्नो हैसियत निकै तल खस्काउन पुगेका छन् ।
संसदीय दलको नेतामा ३२ प्रतिशतमा खुम्चिएका पौडेल कार्यसमितिको निर्वाचनमा २० प्रतिशतमा झरेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment