२७ चैत, काठमाडौं । हिमाल पारीको गाविस बिही-९ ड्याङकी २४ वर्षीया युवती हुन् पेमा लामा ।
उनी अहिले मानसिक तनावमा छिन् । वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनानमा बसेर फर्केकी उनलाई युवा समूहले राति जबर्जस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरिएको आजको अन्नपूर्णमा समाचार छ ।
यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न उनको मन तयार छैन । दुई महिनाअघि उनी लेबनानबाट गाउँ फर्किएकी हुन् । गाउँ फर्किएको चारदिन मात्र भएको थियो ।
लेबनानको सुख दुख साट्न पाएकी थिइनन उनले । घर फर्केको चौथो रात चकमन्न हुदै थियो । पेमा घरमै सुतिरहेकी थिइन् । एक्कासी आठ-दस जनाको दलबल आएर उनलाई तान्न थाले । आधा रात रोइ-कराई गरिन् तर उनको चित्कार सुन्ने कसले ?
बलिया केटाले उनलाई जबरजस्ती काँधमा हाले । बोकेर क्रो र्पुयाए । क्रो बिही गाविसको १ नम्बर वडामा पर्छ ।
पेमालाई केटाका बा-आमाले चौरीको घिउको टिका लगाइदिए । आशीर्वाद दिँदै घोषणा गरे, ‘फुर्बु र छेवाङ दुई भाईकी श्रीमती भयौ ।’ त्यहाँको रीति अनुसार पेमा जबरजस्ती दुई भाइकी साझा पत्नी घोषित भइन् ।
उनको एउटा पति आफू भन्दा चार वर्ष कान्छो २० वपार्ष्य पलुर्बु तेन्जिङसँग बिहे भयो । अर्को पति फुर्बुका दाजु २५ वर्षीया छेवाङ दुबइमा छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment