Friday, April 8, 2016

भारतलाई पछार्न चीनको ठूलो रणनीति

एजेन्सी, २६ चैत । भारतलाई पछाडि पार्न चीनले नयाँ रणनीति अपनाउने भएको छ ।

एक जना अमेरिकी थिङ्क ट्यांकले परमाणु प्रतिद्वन्द्वीका रुपमा भारतको सामना गर्नका लागि चीनले अलग रणनीति अपनाउने तयारी गरेको दाबी गरेका छन् ।

चीनले यो रणनीति परमाणु हतियारमा भारतलाई कुनै पनि हालतमा आफूभन्दा अघि बढ्न नदिनका लागि ल्याउन लागेको हो । ¥यान्ड कर्पोरेसनले चीनबारेमा जारी गरेको आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार आफ्नो राष्ट्रिय सुरक्षामा रहेको आवश्यकता पूरा गर्नका लागि भारतले सशस्त्र बलको आधुनिकीकरणमा जोड दिइरहेको छ ।

भारतले अमेरिकाको सहयोग लिएर आणविक हतियारको वृद्धि गर्नेतर्फ लागेमा भारतको तुलनामा ठूलो क्षमताको परमाणु सशस्त्र बनाउने रणनीति चीनले लिएको हो ।

रुसलाई प्रमुख मित्रका रुपमा लिएर अघि बढिरहेको चीनले अमेरिकालाई प्रमुख प्रतिद्वन्द्वीका रुपमा लिएर उसँग सहकार्य गरिरहेको भारतलाई आणविक हतियारमा पछि पार्न फरक रणनीतिसहित अघि बढिसकेको दाबी अमेरिकी थिंक ट्यांकहरुको छ ।

चीनले भारतसँग सैन्य सम्बन्ध विस्तारसँगै आफूसँग प्रतिस्पर्धामा उत्रेमा उसको चुनौतीलाई सजिलै पार लगाउने गरी आणविक हतियार निर्माणको काम अघि बढाएको ¥यान्ड कर्पोरेसनको दाबी छ ।

अर्कातिर चीन आफ्नो परमाणु बल संरचना एवम् अन्य सामरिक निवारक जरुरतलाई मजबुद बनाउँदै आफ्नो प्रमुख सम्भावित प्रतिद्वन्द्वी अमेरिकालाई नै मानिरहेको छ ।

चीनले भारतलाई पछि पार्नका लागि ठूलो परिमाणमा आणविक हतियार विकासको रणनीति तयार पारिरहेको कर्पोरेसनको दाबी छ ।

थिंक ट्यांकले रिपोर्टमा भनेका छन्– ‘तत्कालको अवस्थामा भारत–चीनको परमाणु क्षमतालाई लिएर चिन्तित हुने अवस्था छ । अहिलेको अवस्थामा चाँडै परिवर्तन आउने छ । यी दुई देशले ठूलो मात्रामा परमाणु मिसाइल बनाउने अवस्था छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment