धादिङ, २६ चैत । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सरकारको नेतृत्वमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाली कांग्रेस धादिङको भावी योजना तर्जुमाबारे कार्यकर्ता प्रशिक्षणमा पुग्नुभएका महामन्त्री कोइरालाले प्रेस युनियनले शुक्रबार गरेको पत्रकार भेटघाटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले सन्तोषजनक काम गर्न नसकेकाले नेतृत्वमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभएको हो । उहाँले लक्ष्य र योजनाविहीन भएर नेपाली कांग्रेस सरकारमा नजानेसमेत स्पष्ट पार्नुभयो ।
महामन्त्री कोइरालाले सरकार परिवर्तन हुनसक्ने भन्दै नेपाली कांग्रेस सरकारमा जानुपर्ने अवस्था आएमा स्पष्ट नीति तथा कार्यक्रमका साथ जाने पनि बताउनुभयो । उहाँले मधेसका समस्या सम्बोधन गर्दै संविधान कार्यान्वयन, पुनर्निर्माण र भारतसँगको सम्बन्धका विषयमा स्पष्ट खाका लिएर मात्र आफूहरु अघि बढ्ने स्पष्ट पार्नुभयो ।
महामन्त्री कोइरालाले नेपाली कांग्रेस धादिङले गरेको वार्षिक योजना तथा तर्जुमा तथा कार्य तालिका निर्माण गोष्ठीको समेत उद्घाटन गर्नुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment