काठमाडौं, २७ चैत । यस वर्षको मिस नेपाल २०१६ आलोचनाबाट घेरिएको छ । अघिल्ला वर्षमा जस्तै यसपटक पनि मिस नेपालकी विजेतालाई लिएर सुन्दरीहरूका साथै नाम चलेका नायिकाहरूले समेत कटु टिप्पणी गरेका छन् ।
नेपाली फिल्ममा राम्रो अभिनय गर्दैै आएकी नायिका वर्षा शिवाकोटीले यसपटकको मिस नेपालालाई मिस नेवाः हो कि भनेर प्रश्न उठाएकी छिन् । उनले आफ्नो फेसबकुमा लेख्दै भनेकि छिन्, ‘मिस नेपाल कि मिस नेवार ?’ यो टिप्पणीसँग मिस नेपाल आयोजकलाई ठूलो धक्का लागेको छ ।
कठोर टिप्पणी लेखेपछि आयोजकका तर्फबाट आलोचनाको शिकार बनेकी नायिका वर्षा शिवाकोटीले आफ्नो फेसबुकबाट सो स्ट्याटस् हटाउन बाध्य भएकी छिन् । उनले ‘मिस नेपाल कि मिस नेवार ?’ भनेर लेखेको स्ट्याट्स शनिबार बिहान हटाएकी छिन् ।
नायिका वर्षाले लेखेको स्ट्याटस् एकहदसम्म सहि रहे पनि समाजलाई असर परेको भनेर आरोप लगाउनेहरू पनि देखिएका छन् । तर वर्षाको आलोचना गर्ने यो आँटले मिस नेपाल आयोजकको आँखा खुलेको हुनुपर्छ ।
प्रतियोगितामा सहभागी केही प्रतिस्प्रधीले पनि मिस नेपाल २०१६ मा आयोजकको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ती प्रतियोगीहरूले उच्चप्रतिस्पर्धीलाई पछाडि पारिएको आरोप लगाएका छन् । हुन त आयोजक हिडेन ट्रेजर सधैँ बिबादमा आउने संस्था पनि हो ।
यसपटक चितवन घर भएकी २२ वर्षीया अस्मी श्रेष्ठ मिस नेपाल २०१६ बनेकी छिन् । उनले मिस बल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
अघिल्लो मिस नेपाल इभाना मानन्धर थिइन् । त्यसभन्दा अघि सन् २०१४ मा सुविन लिम्बु मिस नेपाल भइन् । त्यसअघि २०१३ मा इसानी श्रेष्ठ, २०१२ मा सृष्टि श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१० मा सदिच्छा श्रेष्ठ नेवार समुदायकै थिए । २००९ मा जेनिशा मोक्तान मिस नेपाल थिइन् ।
२००७ मा शीताष्मा चन्द, २००५ मा सुगरिका केसी मिस नेपाल थिइन् । २००४ मा पायल शाक्य मिस नेपाल भइन् ।
२००३ मा प्रीति सिटौला, २००२ मा माल्भिका सुब्बा, २००० मा उषा खड्गी, १९९९ मा श्वेता सिंह मिस नेपाल थिइन् ।
सन् १९९८ मा ज्योति प्रधान मिस नेपाल भए पनि पछि उनको ताज खोसेर नीरु श्रेष्ठलाई दिइएको थियो । नीरु पहिलो नेवार जातिकी मिस नेपाल थिइन् ।
सन् १९९७ मा नीलिमा गुरुङ, १९९६ मा पुनम घिमिरे, १९९५ मा सुमी खड्का मिस नेपाल भएकी थिइन् । पहिलो मिस नेपाल रुबी राणा हुन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment