Friday, April 8, 2016

नामिबियालाई नेपाली खेलाडी भन्दा २५ हजार समर्थकको डर !

२६ चैत, काठमाडौं । नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गर्‍यो । त्यही कार्यक्रममा नामिबिया क्रिकेटका सीइओ डा. डोनोभान जिल्याण्डले कडा भाषण गरे, जुन सामाजिक सञ्जालमा छाएको छ ।

द नामिबियाका अनुसार जिल्याण्डले नामिबियाले काठमाडौंमा गएर घरेलु टोलीविरुद्ध जित्ने मात्र दाबी गरेनन्, नेपाली टोलीलाई पाठ पढाउने दाबी गरे । नेपालले सँधै ठूलो टिमसँग खेल्न चाहेको बताउन गरेको भन्दै उनले भनेका छन्, ‘हामी उनीहरुलाई देखाइदिउँ कि ठूलो टिमसँग खेल्न कस्तो हुन्छ ।’

नेपाल आउनु अघि नामिबियाले इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग चार दिवसीय क्रिकेट खेल्नेछ । टोलीका कप्तान स्टफेन बार्डले आफ्नो टोलीको तयारी राम्रो भएको बताएका छन् ।

द नामिबियनले आफ्नो समाचारमा नेपाल अफगानिस्तान जत्तिकै बलियो नभएको बताएको छ । तर, कीर्तिपुरमा हुने खेल हेर्न २५ हजार बढी दर्शक आउने र उनीहरुको कट्टर समर्थनका बीच नेपाललाई हराउन सजिलो नरहने बताएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment