२६ काठमाडौं । सरकारले संघीयताको कार्यान्वयनका लागि दुई वटा समिति गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति र मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन गरेको हो ।
११ सदस्यीय उच्चस्तरीय निर्देशक समितिमा रक्षा, अर्थ, गृह, कानून र सामान्य प्रशासनमन्त्री, मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यसचिव सदस्य छन् । यस्तै, ९ सदस्यीय प्रशासन पुनर्संरचना समितिमा अर्थ, गृह, रक्षा, कानून, स्थानीय विकास, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवलाई सदस्य तोकिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले एक हजार वटा गाउँ विकास समितिमा पशु र कृषि प्राविधिक करारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । सरकारले चालु आर्थिक वर्ष सबै गाविसमा पशु वा कृषि प्राविधिकको नियुक्तिका लागि बजेट छुट्याएको भएपनि मन्त्रीपरिषद् बैठकले ५ सय जना कृषि प्राविधिक र ५ सय जना पशु प्राविधिक मात्र नियुक्त गर्ने निर्णय गरेको हो । प्रतिस्पर्धा गराएर मात्र प्राविधिकहरु करारमा नियुक्त गरिनुपर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment