काठमाडौं, २६ चैत । राजधानीको बुढानिलकण्ठमा एक पुरुषको विभत्स हत्या भएको छ ।
मदिराको नशामा रहेका बेला अपरिचित युवाहरुसँग सामान्य विवाद हुँदा उनले ज्यान गुमाएका हुन् । चैत ८ गते विष्णुमती खोला छेउको गहुँबारीमा टाउको क्षतविक्षत भएको अवस्थामा सुनसरी सत्तेझोरा घर भएका उराँवको विभत्स शव भेटिएको थियो ।
उनको हत्यामा संलग्न सर्लाहीका साजी तामाङ र मकवानपुरका विक्रम वाईवालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको छ । उनीहरुले उराँवको टाउको ढुंगाले पटकपटक प्रहार गरी हत्या गरेका थिए ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :
- पक्राउ प्रतिवादीहरु साजी तामाङ र विक्रम वाईवा घटना हुनु भन्दा करिब ५/६ दिन अगाडी देखी का.जि.बुढानिलकण्ठ-६ मा घर भत्काउने काम गर्दै आएका ।
- मिति २०७२/१२/०७ गते साँझ अं.१९:०० बजेको समयमा प्रतिवादीहरु घर भत्काउने काम सकेर सोही ठाउँमा रहेको स्थानीय होटलमा खाजा खान गएका ।
- उक्त होटलमा साजी तामाङ र विक्रम वाईबाले खाजा र केही रक्सी समेत सेवन गरी अं.२०:०० बजेतिर होटलबाट बाहिर निस्केको ।
- मृतक विनोद उराव पनि आफुले काम गर्ने ठाउँ का.जि.बुढानिलकण्ठ-६ स्थितमा रोड सो कन्स्ट्रक्सन कम्पनीले निर्माण गर्दै गरेको निर्माणाधिन अपार्टमेन्टबाट काम सकेर सोही होटलमा आफ्नै शुरले खाजा तथा रक्सी खाई बाहिर निस्केको ।
- बाहिर निस्के पछी रक्सीको नशाको सुरमा मृतक तथा प्रतिवादीहरु विचमा सामान्य वाद विवाद भएको, विवादको क्रममा मृतकले साजी तामाङलाई धकेल्दा सामान्य घाईते भएको र सोही रिसमा विक्रम वाईवा र साजी तामाङले मृतक विनोद उरावलाई ढुंगाले टाउकोमा प्रहार गरेको ।
- ढुंगा प्रहार गरेपछी मृतक विनोद उराव भुईंमा लडेको र त्यतिकै छाड्यो भने घटनाका बारेमा प्रहरीले थाहा पाउन सक्छ भनि पुन ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी हत्या गरी मृतकको साथमा रहेको मोवाईल सेट समेत लुटी त्याहाँबाट आफुले काम गर्ने ठाऊँमा गई सुतेको ।
- भोलीपल्ट मिति २०७२/१२/०८ गते बिहान ०७:०० बजेतिर उठेर आ-आफ्नो कोठातिर गएको साजी तामाङ जम्बोडाँडा गई बसेको र विक्रम वाईवा गोकर्णमा गई बसेको ।
घटनामा संलग्न प्रतिवादीहरुको खोज तलास गर्ने क्रममा मिति २०७२/१२/२४ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी मिति २०७२/१२/२६ गते कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंजमा पठाईएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment